पहिरोले अवरुद्ध भेडेटार-महाभारत-आहाले सडक ७ महिनापछि सञ्चालन

पहिरोले अवरुद्ध भेडेटार-महाभारत-आहाले सडक ७ महिनापछि सञ्चालन

धनकुटा : भेडेटार-महाभारत-आहाले सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरो पन्छिएसँगै सात महिनापछि सडक सञ्चालनमा आएको छ। 

भेडेटार-महाभारत-आहाले सडक खण्डमा गत जेठमा आएको बाढीले फेसुवा खोलामा बन्द रहेको बाटोको खुलेको छ। बाटो खुलेसँगै वडा नम्बर १० गाउँपालिका केन्द्र भेडेटार बजारसँग जोडिएको छ। त्यस क्षेत्रका स्थानीयलाई भेडेटार बजार तथा धनकुटा बजार आइपुग्न सहज भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवतजावत ठप्प भएको थियो। 

बर्खायामको बेला पहिरो खसेर अवरुद्ध बनेका ग्रामीण सडकलाई सुरु गर्न साँगुरीगढी गाउँपालिकाले सडक सरसफाई अभियान सुरु गरेको छ। गाउँपालिकाले आफ्नै लगानीमा जेसिवी खरिद गरेर ल्याएपछि पहिरोमा परि अवरुद्ध बनेका ग्रामीण सडक सुरु गर्न सडक सरसफाई अभियान सुरु गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। 

त्यस क्षेत्रका स्थानीय गाउँपालिकासम्म आइपुग्न धरान हुँदै आउनु पर्ने वाध्यता छ। जेसिवी खरिद गरि पहिलो काम भेडेटार-महाभारत-आहाले सडक खण्डको पहिरो पन्छाउने कार्य थालनी गरिएको अध्यक्ष राइको भनाइ छ। उक्त सडक खण्डको ६/७ स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको रहेछ। तीन दिन लगातार जेसिवी लगाएर बाटो खुलेको उनको भनाइ छ। तत्कालका लागि वर्षा नभएसम्मका लागि बाटो खुलेको छ। वर्षा हुने बित्तिकै पुनः अवरुद्ध हुने छ। 

उक्त सडकलाई बाह्रैमास सञ्चालन हुने गरि स्तरोन्नतिका लागि प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए। त्यस्तै पालिकाभरिका अन्य अवरुद्ध वनेका सडकहरूलाई प्राथमिकतामा राखेर सडक सरसफाई अभियान सञ्चालन गरिने उनको भनाइ छ। 

उनका अनुसार गएको पाँच वर्षमा हरेक वडा, टोलसम्म बाटो पुग्यो। बाटोको उपयोगिता बाह्रमासे सञ्चालन हुने देखिएन। गतवर्ष ५० लाख रुपैयाँभन्दा बढी सडक सरसफाईमा बजेट विनियोजन भएको थियो। वार्षिक रूपमा ४०/५० लाख रुपैयाँ सडक सरसफाईमा बजेट छुट्याउनुपर्ने अवस्था छ। समयमै सफा गर्न नसक्दा जनताले दुःख र सास्ती पाइरहेका छन्। 

'विपद्को बेला समयमै बाटो सरसफाई हुन सकेन। विपद् परेको बेला तत्कालै काम गर्न सकियोस् भनेर यो आर्थिक वर्षमा जेसिवी खरिदका लागि बजेट छुट्यायौं। जहाँ विपद् त्यहाँ मेसिन लगेर बाटो सफा गरी सुचारु गरिन्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.