जेष्ठ नागरिकलाई न्यानो कपडा
महोत्तरी : गौशाला नगरपालिकाको वडा नम्बर ११ को कार्यालयले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। आइतबार कार्यालयमा कार्यक्रम आयोजना गरेर ६ सय जनालाई न्यानो कपडा सहित सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को वडास्तरीय योजनाअन्तर्गत वडाभरिका ज्येष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायलाई न्यानो कपडासहित सम्मान गरिएको वडा कार्यालयले जनाएको छ।
वडाअध्यक्ष रामप्रित महतो कोइरीका अनुसार स्थानीय ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !