धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा
![धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_XrGsL9yElI_vZvoxWFgBW.jpg)
धनकुटा : सहिदभूमि गाउँपालिको राई समुदायले मनाउने विशेष पर्व (वाडाङ्मी) पापानीका अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
सहिदभूमि गाउँ कार्यपालिकाको मंसिर ११ गते सोमबार बसेको बैठकले पापानीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।
उक्त बिदाको दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, सेवा कार्यालयहरू, विद्यालयहरू बन्द रहने छ।
सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ। यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ। गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा गाउँपालिको मातृभाषा कक्षा सञ्चालन गर्दै आइरहेको अध्यक्ष राईले बताए।
विगतका वर्षमा पनि गाउँपालिकाले सो पर्वका अवसरमा स्थानीय बिदा दिएको थियो।
धनकुटा नगरपालिकाले पनि गत मंसिर ११ र १२ गते नगरक्षेत्रमा बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड वडाङ्मेटका अवसरमा स्थानीय बिदा दिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)