प्रधानमन्त्री दाहाल दुबई प्रस्थान

प्रधानमन्त्री दाहाल दुबई प्रस्थान
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल दुबई प्रस्थान गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) सहभागी हुन उनी ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट दुबई प्रस्थान गरेका हुन्। 

कोप-२८ भोलि (बिहीबार)देखि मंसिर २६ गतेसम्म सञ्चालन हुँदैछ। प्रधानमन्त्री दाहालले शुक्रबार र शनिबार हुने सत्रमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री दाहालले शनिबार नेपालको तर्फबाट वक्तव्य दिनेछन्। पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न प्रधानमन्त्री दाहालले ‘हिमालको आह्वान : जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?’शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औं संघट्ठय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। 

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल-युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल भ्रमण सकेर आइबार स्वदेश फर्किनेछन्। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.