अमेरिकी सेनाको विमान जापानमा दुर्घटना
![अमेरिकी सेनाको विमान जापानमा दुर्घटना](https://annapurnapost.prixacdn.net/media/albums/american-armforce-plane_yRytNTiR2a_x2m3fuJe6r.jpg)
टोकियो : जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ जना अमेरिकी सैनिक सवार थिए ।
जापानी कोस्ट गार्डका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई मृतअवस्थामा भेटेका थिए।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानको भग्नावशेष याकुशिमामा फेला पर्न सक्ने बताएको छ।
जापानको सरकारी मिडिया एनएचकेको अनुसार सीभी-२२-ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको थियो। सोही समयमा बायाँ इन्जिनमा आगो लाग्यो।
यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४:४० मा विमान राडारबाट हराएको बताए।
त्यसको सात मिनेट पछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भयो। त्सपछि विमान दुर्घटना भएको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)