प्रदेश संरचना भ्रष्टाचार र कार्यकर्ता भर्ती केन्द्र बन्यो, विकल्प सोचौं : रास्वपा

प्रदेश संरचना भ्रष्टाचार र कार्यकर्ता भर्ती केन्द्र बन्यो, विकल्प सोचौं : रास्वपा
सुन्नुहोस्

काठमाडौं : प्रदेश संरचना भ्रष्टाचार र कार्यकर्ता भर्ती केन्द्र बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ। महोत्तरीको जलेश्वरमा बसेको पार्टीको संयुक्त बैठकमा सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले कहीं नलैजाने दाबी गरेका हुन्।

उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ,‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीं लैजाँदैन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ। यसको विकल्प सोच्न एक छिन पनि ढिला गर्नु हुन्न।’

राजनीतिक अगुवाको मूल ध्येय सत्ता, दल र नेता केन्द्रित हुँदा मुलुक क्रमशः अनिश्चयतर्फ र नागरिक निराशातर्फ धकेलिएको रास्वपाको ठहर छ। ‘अहिलेका धेरैजसो मुख्य दल तत्कालीन व्यवस्था बदल्ने उद्देश्यका साथ बनेका थिए। जुन त्यो बेलाको आवश्यकता थियो। हामीले यही व्यवस्थाभित्रै रहेर जनताको अभिमत जितेर सबै खाले परिवर्तन गर्न सम्भव छ भन्ने निष्कर्षका साथ पार्टी गठन गरेका थियौं। हाम्रो त्यो निष्कर्ष अहिले पनि कायमै छ।’राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यही व्यवस्थाभित्रै रहेर हामी मुलुक र नागरिकको अवस्था परिवर्तन गर्न सक्छौं। अहिले व्यवस्था परिवर्तनको बहसभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ।’

सभापति लामिछानेले राजनीतिक परिवर्तनका लागि तिनले गरेको योगदानको अवमूल्यन गर्नु नहुने बताएका छन्। ‘पुराना राजनीतिक दलसँग हाम्रा अनेकौं असन्तुष्टि छन्। तर, असन्तुष्टिको बहानामा राजनीतिक परिवर्तनका लागि तिनले गरेको योगदानको अवमूल्यन गर्नु हुँदैन। ती पार्टीका नेता कार्यकर्ताले हिजो गोली खान समेत तयार भएर परिवर्तनमा होमिएका थिए।’ प्रतिवेदनमा उनले भनेका छन्, ‘गत महिना म रोल्पाको थवाङ पुग्दा सशस्त्र युद्धमा सहभागी भएकाहरू भन्दै थिए - त्यसबेला "आजको लडाइमा सहिद हुने पालो मेरो हो" भनेर सहिद हुन हानथाप र झगडा हुन्थ्यो रे ! सशस्त्र विद्रोहका नेतृत्वकर्ताको नियतमा शंका नै शंका छ तर तिनको एक आदेशमा ज्यान गुमाउने सहिदको नियतमा रत्तिभर शंका छैन। ती सबै जना, यो देश बन्छ भनेर गोली थाप्न तयार भएका हुन्। परिवर्तनका लागि हाँसी हाँसी गोली थाप्न तयार हुने, वर्षौं जेलनेल भोग्न तयार हुने तहको प्रशिक्षण एक अध्ययनको विषय हो।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.