हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु

हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु
फाइल तस्बिर।
सुन्नुहोस्

सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ।  त्यसमा हमासले बन्धक बनाइएका भनिएको नेपालका विपिन जोशी भने परेका छैनन्।

 

हमास र इजरायलबीचको युद्धविरामको लागि भएको सम्झौताको अवधि सकिएको छ। इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आजदेखि यो सम्झौता सकिएको हो। सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो।

इजरायली सेनाले सामाजिक सञ्जालमा एक्समा लेखेको छ, 'हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।'

यो युद्धविराम अगाडि बढ्ने आशा थियो। अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेन।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ।  त्यसमा हमासले बन्धक बनाइएका भनिएको नेपालका विपिन जोशी भने परेका छैनन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.