इजरायलद्वारा गाजामा बमबारी, १७८ प्यालेस्टाइनीको मृत्यु
![इजरायलद्वारा गाजामा बमबारी, १७८ प्यालेस्टाइनीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/gaja_e9Jn9QMH3d_ZtZXBhM37a.jpg)
सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।
यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
इजरायलले पनि २००'आतंकवादी लक्ष्य' मा आक्रमण गरेको बताएको छ।
युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतका अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन।
तर, अमेरिकाले अझै पनि दुईबीचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ । बीबीसी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)