भूकम्पपीडितलाई एनआरएन हङकङको सहयोग

भूकम्पपीडितलाई एनआरएन हङकङको सहयोग
सुन्नुहोस्

हङकङ : जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको सहयोगार्थ एनआरएन हङकङले १ लाख ७ हजार ९ सय ८७ हङकङ डलर (नेपाली रुपैयाँ लगभग १८ लाख ४० हजार) सहयोग रकम हस्तान्तरण गरेको छ।  

कार्यक्रमको आयोजना गर्दै एनआरएन हङकङले संकलित सहयोग रकम गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को एनआरएनए ईमरजेन्सी फन्ड बैंक खातामा जम्मा गरिसकिएको जानकारी दिएको छ। 

२०२३ नोभेम्बर ३ का दिन राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम जाजरकोट, रुकुमलगायतका क्षेत्रमा धेरै धनजनको क्षति भएको थियो। मानवीय र आर्थिक क्षतिमा समवेदना प्रकट गर्दै एनआरएन हङकङले हङकङमा रहेका नेपालीहरूमाझ सहयोगको आह्वान गरेको थियो। ‘सवै नेपालीहरूको स्वतस्र्फुत सहयोगले नेपाल सरकारको राहत कार्यक्रममा थोरै भएपनि टेवा दिन सक्षम भयौं’, एनआरएन हङकङका प्रवक्ता विश्वनाथ घिसिङले बताए।  भूकम्प पीडित परिवारहरूका लागि गैह्रआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले ५३ लाख रुपैयाँको राहत सामग्रीमा १० लाख प्रधानमन्त्री कोषमा दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.