निर्माण कार्य रोकिदा पर्यटकीय सडक अलपत्र

निर्माण कार्य रोकिदा पर्यटकीय सडक अलपत्र
पर्यटकीय गन्तव्य जोड्ने अलपत्र निर्माणाधिन सडक ।  तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : पश्चिम नेपालकै पर्यटकीय गन्तव्यय बर्दिया राष्ट्रिय निकुञ्जसँग हुलाकी मार्गबाट जोड्ने छोटो दुरीको निर्माणाधिन मधुवन–ठाकुरबाबा सडक खण्डको काम रोकिदा कालोपत्रे सडक निर्माण कार्य ठप्प भएको छ। करिब साढे १४ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि दसैं तिहार पछि निर्माण कम्पनीले निर्माण कार्य सुचारु नगर्दा कालोपत्रे सडक निर्माण कार्य ठप्प भएको छ । 

मधुवन नगरपालिका वडा नम्बर १ ओराली बजारदेखि ठाकुरबाबा नगरपालिकाको सिमानासम्म आसफाल्ड कालोपत्रे सडक निर्माणको लागि मधुवन नगरपालिकाले नयाँ बानेश्वर १० बुद्धनगर काठमाडौंस्थित सिस्ने कन्स्ट्रक्सन प्रालि नामक निर्माण कम्पनीसँग २०७९ साल पुस १७ गते निर्माण सम्झौता गरेको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । एमजी-डब्लु-एनसीवी -एमएनपीओ ०२-२०७९-०८९ नम्बरको ठेक्का मूल्य अभिवृद्धि करसहित ९ करोड ६६ लाख ९५ हजार ६२८ रुपैयाँमा निर्माण सहमति भएको हो । सम्झौता अनुसार २०८० माघ २९ गते सम्म स्टक्चरसहित कालोपत्रे सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्छ । 

अधिकृत गिरीले भने दसैं तिहार पछि निर्माण कार्य रोकिदा कार्य प्रगति सन्तोष जनक देखिएन । विभिन्न समयमा जनगुनासो समेत आइरहेको छ । सडकको के कति समयमा निर्माण कार्य गर्न सक्ने हो सोको कार्यतालिका र प्रतिवद्धता पत्रसहित ३ दिनभित्र निर्माण व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको उनले बताए।  गिरीले यथाशिघ्र निर्माण कार्य सुचारु गरी समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत पारिसकेको बताए।  ठेकेदारले काम रोक्नुपर्ने बारेमा कुनै सूचना नदिएको अधिकृत गिरीको भनाइ छ । 

संघीय सरकार अन्र्तगतको क्रमागत ठेक्का रहेकाले पनि समस्या भएको हुन सक्ने इन्जिनियर सौरभ रेग्मीले बताए । रेग्मीका अनुसार  ठेकेदारले गत वर्ष पनि बजेट अनुसारको काम सिध्याएका छन् । यस वर्षको बजेट अन्र्तगत केही काम बाँकी छ । नगरमा सञ्चालित काम अन्र्तगत २/३ वटा कामहरु ढिलाइ भइरहेका छन् । उनले भने,' त्यस्ता निर्माण कम्पनीहरुलाई तोकिएकै समयमा काम सक्न निर्देशन भएको छ ।'

निर्माणाधिन सडकहरु समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयहरु मारमा पर्दै आएका छन् । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य एवम् जैविकमार्ग डल्ला होमस्टे पुग्ने सडकखण्ड समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन थापाले बताए । 

ओरालीदेखि सूर्यपटुवासम्मको ७ किलोमिटर सडक खण्ड यतिखेर बिग्रिएको अवस्थामा छ ।' निर्माणका कारण भत्काइएको सडकमा पानी पर्दा मानिस दुर्घटना हुने व्यापाक समस्या छ । नगरपालिकाले ठेकेदारलाई पत्राचार गरेको छ । ठेकेदारले सम्पर्क गरी पत्राचार गर्नुपर्दैन म केही दिनपछि सडक निर्माणको बाँकी काम पूरा गर्छु भन्नु भएको छ,' निर्माण कम्पनीलाई उधृतगर्दै थापाले भने । सम्झौताको समय पनि थोरै भएकोले समयमै निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता खट्किएको उनले प्रष्ट्याए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.