सोती घटना प्रकरण : दोस्रो दिनको बहस सुरू

सोती घटना प्रकरण : दोस्रो दिनको बहस सुरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जना युवाहरुको ज्यान जानेगरी तीन वर्षअघि भएको घटनासम्बन्धी मुद्दामा दोस्रो दिनको बहस सुरू भएको छ। मुद्दामाथिको बहस आइतबारदेखि सुरू भएको हो। आइतबार बहस नसकिएपछि मुद्दा हेर्दाहेदैमा राखिएको थियो। 

२०७७ साल जेठ १० गते भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्धामाथि रूकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।  पेशी सुनुवाईको पहिलो दिन जाहेरीवालाको तर्फबाट दुईजना सरकारी वकिल र सातजना कानुन व्यवसायी गरी नौजनाले बहस गरेका थिए।

जाहेरीवालाहरुको तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादीहरुका तर्फबाट बहस हुने र त्यसपछि मात्र अदालतले फैसला सुनाउने रुकुम पश्चिम अदालतका निमित्त श्रेष्तेदार गोबिन्द कोइरालाले बताए । ‘बहसको क्रममा थप केही कुरा बुझ्नुपर्ने भए मात्र फैसलामा ढिलाइ हुनसक्छ नत्र यो बहस सकिने वित्तिकै अन्तिम फैसला हुन्छ’,उनले भने, ‘जाहेरीवालाको तर्फबाट चारजना सरकारी वकिलसहित १६ जना कानुन व्यवसायीले बहस गर्नुहुनेछ भने प्रतिवादीको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।’ 

अदालतका अनुसार वादीकातर्फ जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजालीका नेतृत्वमा चारजना सरकारी वकिलले बहस गर्दैछन् भने पीडितकातर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् । त्यस्तै,प्रतिवादीकातर्फबाट सातजना वकीलले बहस गर्ने अदालतले जनाएको छ ।

पीडित पक्षकातर्फबाट बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्ता त्रिपाठी,अधिवक्ताहरू मोहन शाशंकर, बद्री भुसालसहितको टोली रुकुम पश्चिम पुगेको छ । रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाउँ नजिकै तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरु र केही दलित अधिकारकर्मीहरु रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिइरहेका छन् । न्यायको माग गर्दै नाराजुलुससहित धर्ना दिएको उनीहरुको भनाइ छ । 

नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सो घटना लगत्तै रूकुम पश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले पीडकहरूलाई बचाउने गरी ‘लकडाउन उलंघन' गर्दै आएका युवालाई गाउँलेले लखेट्दा भेरीमा हाम फाल्दा ज्यान गएको’भन्ने अभिव्यक्ति दिएपछि विवादास्पद बनेको थियो । सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय समिति गठन गरी प्रतिवेदन पेश भएपनि सरकारले त्यो प्रतिवेदन सार्वजनिक समेत गरेको छैन । समितिले सोती घटना योजनाबद्धरूपमा भएको निष्कर्ष निकालेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.