डोल्पामा वर्षासँगै हिमपात : हवाई र टेलिफोन सेवा प्रभावित,जनजीवन कष्टकर

डोल्पामा वर्षासँगै हिमपात : हवाई र टेलिफोन सेवा प्रभावित,जनजीवन कष्टकर
तस्बिर : रामचन्द्र न्यौपाने
सुन्नुहोस्

डोल्पा : डोल्पामा हिमपात सुरु भएको छ ।आइतबार रातीदेखि बदली भएपनि सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीबन,बन्तडि,हुम,काईगउलगायतका बस्तीमा हिमपात सुरु भएको छ ।

त्यसैगरी ठुलिभेरी नगरपालिका पर्ने माझफाल,थरगाउँ ताली लगायतका बस्तीमा पनि बिहानैदेखि हिमपात भएको छ। जिल्लाका आठवटा स्थानीय तहमध्ये धेरैजसोमा बिहानैदेखि वर्षातसँगै हिमपात सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

null

चिसोले अहिलेसम्म कुनै घटना नघटेको र जिल्लाबासीलाई आगो तापेर न्यानोमा बस्न अपिल गरेको उनले बताए। उपल्लो डोल्पामा पर्ने शे(फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङसोङ गाउँपालिकामा रातीदेखिनै हिउँ पर्न सुरु भएको थियो ।

उपल्लो डोल्पाका गाउँबस्तीमा अहिलेसम्म बाक्लो हिउँ जमिसकेको र अझै हिमपात जारी रहेको डोल्पोबुद्व गाउँपालिका उपाध्यक्ष पेमा धोर्चे गुरुङले बताए ।  हिमपात पछि बडेको चिसोले जिल्लाभरी जनजीवन प्रभावित भएको छ ।चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् ।

बाहिर अत्याधिक चिसो बढेकाले स्थानीयहरू घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसो घटाउने उपायको खोज्न थालेका छन् । अहिले डोल्पाको तापक्रम शून्य डिग्रीमा पुगेको छ । डोल्पाको तल्लो क्षेत्रमा पर्ने त्रिपुराकोट,खदाङ्गलगायतका ठाउँमा बिहानैदेखि वर्षात सुरु भएको छ ।

null

चिसोका कारण कार्यालयमा सेवाग्राही उपस्थिति न्यून रहेको बताइएको छ । बिहानैदेखि हिमपात भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनुका साथै पठनपाठनमा समस्या भएको त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

null

बिहानैदेखिको हिमपात र बदलीका कारण सोमबार जुफाल विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ। आज नेपालगन्जदेखि कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । चिसोका कारण डोल्पामा नेपाल टेलिकमको फोन सेवा समेत प्रभावित भएको छ ।

जिल्लाका विभिन्न स्थानमा राखिएका मोबाइल टावरहरुमा सोलार सिस्टम डाउन भएपछि फोन सेवा अवरुद्ध भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.