ताप्लेजुङ अन्तिम चारमा

ताप्लेजुङ अन्तिम चारमा
सुन्नुहोस्

फिदिम : पाँचथरको फिदिममा जारी अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगितामा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति फुटबल क्लब सेमिफाइनलमा पुगेको छ। 

फिदिम माविको मैदानमा मंगलबार भएको क्वार्टरफाइनल भिडन्तमा काठमाडौंको हिमालयन शेर्पा क्लबलाई ४–३ गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा स्थान पक्का गरेको हो। ताप्लेजुङको संघर्षपूर्ण जितमा प्रविण जवेगुले दुई गोल गरे। यस्तै मञ्जित याङ्देन र दीपेश लिम्बूले एक-एक गोल गरे। हिमालयन शेर्पाका ओस्कर र वसन्त ओझाले एक÷एक गोल गरे। हिमालयन शेर्पालाई ताप्लेजुङका आशिष लिम्बूले एक गोल आत्मघाती रुपमा उपहार दिएका थिए। 

खेलको तेस्रो मिनेटमा ताप्लेजुङका मञ्जितले सुरुवाती गोल गरेका थिए। त्यसपछि २१औं मिनेटमा हिमालयन शेर्पाका ओस्करले आकर्षक गोल गर्दै खेल खेललाई बराबरीमा ल्याएका थिए। ४०औं मिनेटमा प्रविण जबेगुले गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाए। ५१औं मिनेटमा शिमालयन शेर्पाका वसन्त ओझाले गोल गर्दै खेल बराबरी गरेका थिए। 

६२औं मिनेटमा ताप्लेजुङका दीपेश लिम्बूले गोल गरे भने ६९औं मिनेटमा हिमालयन शेर्पालाई ताप्लेजुङले एक गोल उपहार दियो। ताप्लेजुङका आशिष लिम्बूले आत्मघाती गोल गरेका थिए। दोस्रो हाफमा निकै आक्रमक बनेको खेलको ७७औं मिनेटमा प्रविण जबेगुले गोल गर्दै ताप्लेजुङलाई अन्तिम चारमा पुर्‍याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.