ब्राउनसुगरसहित बर्दियाबाट चारजना पक्राउ

ब्राउनसुगरसहित बर्दियाबाट चारजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बर्दिया : बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागुऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्रामसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् ।  भे.३ प २६९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । 

यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.