लुम्बिनीका चार जिल्लामा ‘एकीकृत पोषण कार्यक्रम

लुम्बिनीका चार जिल्लामा ‘एकीकृत पोषण कार्यक्रम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो । पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । यो विषयमा बुधबार भालुवाङमा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांकमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको  तथ्याङक छ । यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीले बताए । उनले पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन भएको बताए ।

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । त्यस पछि हेलेन केयर इन्टरेशनलले कार्यक्रम गर्नेगरी सुभारम्भ गरेको हो । प्रदेशको कुपोषण प्रतिसत घटाउने गरि कार्यक्रम केन्द्रित हुनेगरी कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक राज मण्डलले बताए । 

लुम्बिनीका चार जिल्लामा कुपोषित बालबालिका धेरै भएको हुँदा बालबालिका र महिलाको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिनेछ । कार्यक्रमको लक्ष्य कुपोषण रहित प्रदेश बनाउने रहेको छ ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले कुपोषण न्यूनीकरणमा सबै लाग्नुपर्ने बताएका छन् । उनीहरुले लुम्बिनीको तराईका जिल्लाहरुमा कुपोषण बढी देखिएको छ  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.