आन्तरिक पर्यटकले डाँडाबजारका होमस्टे भरिभराउ

आन्तरिक पर्यटकले डाँडाबजारका होमस्टे भरिभराउ
सुन्नुहोस्

धनकुटा : आन्तरिक पर्यटक बढेसँगै साँगुरीगढी गाउँपालिका-५, डाँडाबजारमा सञ्चालित होमस्टेहरू यतिबेला भरिभराउ भएका छन्। 

त्यस क्षेत्रबाट देखिने प्राकृतिक दृश्य तथा त्यहाँ रहेका रमणीय स्थानहरू आन्तरिक पर्यटकको लागि रोजाइको गन्तव्य बन्न थालेपछि पछिल्लो समय डाँडाबजार क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ। जसको कारण यहाँ सञ्चालित होमस्टे आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको होमस्टे सञ्चालकहरूको संस्था डाँडाबजार सामुदायिक होमस्टेका सचिव सुनिता लिम्बुले बताइन्। 

डाँडाबजार र डाँडाबजारको शिरमा रहेको ध्वजेडाँडामा अहिले १३ घरपरिवारले होमस्टे सेवा सञ्चालन गरेका छन्। ती होमस्टेहरूले एकै पटक एक सय जनासम्म पाहुनाहरूलाई राख्न सक्ने क्षमता रहेको सचिव लिम्बुले बताइन्। उनका अनुसार डाँडाबजारमा सञ्चालित होमस्टे सेवा कतिपय घरपरिवारका लागि जीवननिर्वाहको माध्यम समेत बनेको छ। यो सिजन होमस्टे सञ्चालन भएका घरहरू प्रायः खाली भएका छैनन्।   

null

वर्षभरिमा आन्तरिक पर्यटकहरू दुई सिजन डाँडाबजारका होमस्टेमा आउने गर्छन्। पहिलो सिजन भनेको असोजदेखि मंसिर महिना हो। यो सिजनमा मौसम सफा र खुला हुने गर्छ। अर्को सिजन भनेको चैत्रदेखि वैशाख महिना हो। यो सिजन तराई क्षेत्रमा गर्मी हुने भएकाले गर्मी छल्न आउने गर्छन्। 

डाँडाबजारको मौसम बाह्रैमास चिसो हुन्छ। चिसो मौसम डाँडाबजारको सम्पत्ति रहेको साँगुरीगढी गाउँपालिका-५ का वडाध्यक्ष खड्ग लिम्बूको भनाइ छ। उनका अनुसार आसपासमा घुम्न लायक धेरै ठाउँ छन्। डाँडाबजारको शीरमा ध्वजेडाँडा छ। 

यस डाँडाबाट कुम्भकर्ण, मकालु हिमाल जस्ता हिमश्रृंखला देख्न सकिन्छ। भने मौसम खुलेको बेला विश्वको सर्वोच्च हिमाल सगरमाथा समेत देखिने स्थानीय छत्र याखा बताउँछन्। ध्वजेडाँडाबाट देखिने पूर्वी तराईका रमणीय फाँट पनि यो क्षेत्रको विशेषता हो। मौसम खुलेको बेला पूर्वी नेपालको १४ वटा जिल्ला देख्न सकिने भनाइ छ। ध्वजेडाँडामा विभिन्न २२ देशको झण्डा राखिएको छ। झण्डाले पनि पर्यटकलाई आकर्षित बनाएको छ। 

null

त्यसैगरी यो क्षेत्रबाट श्रीअन्तुको जस्तै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। ध्वजेडाँडामा हाइकिङ गर्नका लागि पनि पर्यटक आउने गर्छन्। लाप्चेटारमा रहेको अजंग वरको रुखले पनि डाँडाबजार घुम्न आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ। यो रुखलाई दक्षिण एशियाको दोस्रो ठूलो रुख भनेर दाबी गरिएको छ। 

होमस्टेमा आउने पाहुनाहरूलाई स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुबाट तयार हुने परिकार बनाएर खुवाउने गरिएको छ। साँगुरीगढी गाउँपालिकाको सहयोगमा ५ नम्बर वडाले डाँडाबजारका होमस्टे सञ्चालकहरूलाई छिमेकी देश भारतको सिक्किममा सञ्चालित होटस्टेहरूको स्थलगत अवलोकन भ्रमण गराएको थियो। 

उक्त अवलोकन भ्रमणले होमस्टे सञ्चालनको अनुभव आदानप्रदान, मापदण्डमा रहेर व्यवस्थित होमस्टे सञ्चालन, कसरी संस्कृतिहरू आदानप्रदान गर्न सकिन्छ भनेर सिकाइ प्राप्त भएको वडाध्यक्ष लिम्बुले बताए। 

सिक्किमको होमस्टे अवलोकन प्रश्चात डाँडाबजारमा सञ्चालित होमस्टेमा धेरै परिवर्तन तथा सुधार भएको उनले बताए। विशेष गरी पाहुनालाई सत्कार गर्ने तरिका अन्य व्यवस्थापनमा परिवर्तन भएको उनी बताउँछन्। सुधारहरू पनि भइरहेका छन्।  

डाँडाबजार यसरी पुग्न सकिन्छ
 
डाँडाबजार भेडेटारदेखि नजिकै छ। भेडेटार पर्यटकीय पर्यटकीय स्थल हो। भेडेटार पुग्न धनकुटा देखि ३६ किलोमिटर धरानदेखि १७ किलोमिटरमा पुग्न सकिन्छ। भेडेटारबाट १३ किलोमिटर पूर्वमा पर्दछ। अहिले भेडेटार–रवि–राँके सडक खण्ड निर्माणधीन अवस्था छन्। यो बाटो कालोपत्रे भइसकेपछि यहाँ पुग्न धेरै सहज हुनेछ। 

अहिले सडक निर्माणाधीन भएकाले साँगुरीगढी गाउँपालिकाले समय तालिका प्रकाशन गरिदिएको छ। उक्त समय तालिका अनुसार हिँड्दा यात्रामा गर्न असहज हुँदैन। डाँडाबजारको होमस्टेमा एक रात बास बस्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्छ। भेज खाना प्रतिछाक २ सय २० रुपैयाँ पर्छ। लोकल कुखुरा किनेर आफैं पकाएर पनि खान सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.