गैरआवासीय नागरिकता लिनेको संख्या बढ्यो
नुवाकोट : नुवाकोटमा गैरआवासीय नागरिकता लिनेको संख्या बढेको छ। विभिन्न देशमा बसिरहेका गैर आवासीय नेपालीले नागरिकता लिएका हुन्।
नागरिकता लिनेमा सबैभन्दा बढी अमेरिकामा बस्ने रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
हालसम्म १८ जनाले गैर आवासीय नागरिकता लिएका छन्। जसमध्ये ८ जना अमेरिकाका छन्।