घरेलु हिंसा बेहोर्दै ३ दिनकी सुत्केरी

घरेलु हिंसा बेहोर्दै ३ दिनकी सुत्केरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गुलरिया : ‘घरमा सधैं किचकिच हुन्छ। श्रीमान्लगायत सासू–ससुराको मानिसक तथा शारीरिक यातना सहनुपर्छ। घरको कामधन्दा र छोराछोरीको स्याहार सुसारमै दिन बित्छ। अचेल त घरपरिवारले केटाकेटीलार्ई पनि सहन छाडिसके। कहिलेकाहीँ त मलार्ई पनि दिक्क लाग्छ। घर छाडेर कतै अन्तै गएर दिन बिताउँ जस्तो लाग्छ। भर्खर तीन दिन भयो छोरी जन्मेकी छे। अब त जिउ पनि हलुँगो भयो।’ गुलरिया नगरपालिका–११ की अन्दाजी २८ वर्षीया पार्वती बर्माले भनिन्, ‘आलो सुत्केरी शरीर ११ र ८ वर्षका दुई छोरा ३ वर्ष र ३ दिनकी २ छोरीसहित चार सन्तानको रेखदेख साह्रै चुनौती छ। घरपरिवारले वास्ता गर्दैनन्। घरेलु माया ममताको अभावमा जीवन निराश बनेको छ।’ 

सुत्केरी अवस्थामा न्यानो लगाउनु त के एक गिलास तातो पानीसम्म मन लागेका बेलामा उनले पाउँदिनन्। पोषिलो खानेकुराको अभाव छ। घरको चरम मानिसक तथा शारीरिक यातनाका कारण उनले मानिसक सन्तुलनसमेत गुमाएकी छन्। यतिखेर उनको अवस्था विक्षिप्त बनेको छ। थारू समुदायकी बाँकेको खजुराबाट मधेसी श्रीमान्सँग वैवाहिक बन्धनमा बाँधिएकी उनलार्ई रेखदेख गर्ने बेलामा श्रीमान् घरमा छैनन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा घरेलु हिंसाको सिकार बनेकी भर्खरकी सुत्केरी शारीरिक स्वस्थताका लागि उनकै घरबाट उद्धार गरी गुलरिया नगरपालिकाले सेवा केन्द्रमा राखेर उपचार सुरु गरेको छ। 

दूधे बालिका र सुत्केरीसहित ३ जनाको सेवा केन्द्रमै रेखदेख भइरहेको छ। गुलरिया नगरपालिकाले हिंसामा परेका पीडित महिलाहरूको उद्धार गरी सेवा केन्द्रमार्फत शारीरिक एवं कानुनी उपचार गर्दै आएको गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले बताइन्। घरेलु हिंसामा परेकी सुत्केरीको घरबाटै उद्धार गरेका छौं। पीडितको अवस्था दयनीय छ। केही महिना सेवा केन्द्रमै राख्छौं। त्यसपछि कानुनी उपचार सुरु हुन्छ। 

यतिखेर देशैभर लैंगिक हिंसाका घटनाहरू बढ्दै गएको पाइन्छ। संघ–संस्थाहरूले हिंसा रोक्न सचेतनालगायतका विविध कार्यक्रमहरू गर्दै आए पनि आशातीत उपलब्धि हासिल हुन सकेको छैन। बेरोजगार, अशिक्षालगायत मानवीयता हराउँदै गएपछि हिंसाले उग्ररूप लिएको महिला अधिकारकर्मी शान्ति पुनर्स्थापना गृहकी संयोजक सपना शर्माले बताइन्। 

‘हामीले नगरपालिकासँग समन्वय गरी सुत्केरीको उद्धारमा सहकार्य गरेका छौं। लैंगिकलगायत महिला हिंसा बढ्दो छ। प्रहरी संघ–संस्थालगायत सरकारी निकायका तथ्यांकले हिंसाहरू बढेको देखिन्छ’, उनले भनिन् । महिला हिंसा रोक्न विद्यालय, परिवार एवं समाजमा व्यापक जनचेतना जगाउनु आवश्यक रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.