सुनकोसी-मरिण डाइभर्सनको निर्माण १३ दिनदेखि ठप्प

सुनकोसी-मरिण डाइभर्सनको निर्माण १३ दिनदेखि ठप्प
सुन्नुहोस्

सिन्धुली : राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सनमा लगातार पहिरो खसेपछि १३ दिनदेखि सुरुङ खन्ने कार्य ठप्प भएको छ। सुरुङ खन्ने टनेल बोरिङ (टीबीएम) मेसिनलाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको निर्माण कार्य रोकिएको हो। 

सुनकोसी-मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट चट्टान तथा पाउडर जस्तो ‘फिलाइट’ माटो झरेर  टीवीएम मेसिन १३ दिन यता थिचेपछि सुरुङ खन्ने कार्य रोकिएको हो। ‘१३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने क्रममा चुरे र महाभारत क्षेत्र कटेर करिब सुनकोसीगढतिर क्षेत्रमा प्रवेश गरेपछि चौथो पटक टीवीएम मेसिन अवरुद्ध भएको हो,’ बरालले भने।

यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टीवीएम मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण ठप्प भएको थियो। कमलामाई नगरपालिका-२ कुसुमटारबाट १३ दशमलव ३ किलोमिटर लामो टनेलमध्ये हाल १० दशमलव ५४७ किलोमिटर सुरुङ टीवीएमले खनिसकेको छ। ‘यसअघि अवरुद्ध टीवीएम मेसिन सञ्चालन गर्न १० मिटर चौडाइ र आठ मिटर हाइटको बाइपास बनाएर धूलो पाउडरलाई बाहिर निकाल्नका लागि कन्सल्ट्यान्ट, भूगर्भविद, निर्माण व्यवसायी र आयोजनाका प्राविधिक खटेर बाइपास निर्माण गरिएको थियो। तर यसपटक पहिरो पन्छाउन कठिन भएको छ,’ बराले थपे। 

आयोजनाले टीवीएम मेसिन निस्कने प्वाइन्ट र ड्यामसाइट समेत निर्माण थालिसकेपछि चौथो पटक पहिरोले टनेल निर्माण कार्य ठप्प भएपछि चिन्ता थपिएको छ। ‘भूगर्भ भित्र यसै भन्न त सकिँदैन, तर चुरे कटेर महाभारत क्षेत्र प्रवेश भएपछि ठूलो समस्या नआउने आकलन थियो तर यही थप समस्या आएर १३ दिनदेखि निर्माण कार्य ठप्प भएको छ। यसको समाधनका लागि पहल भइरहेको छ,’ बरालले भने।

२२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी डाइभर्सन निर्माणका लागि सुरुङ खन्ने कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का पाएको थियो। गएको १४ महिनाअघि टीवीएम मेसिनद्वारा सुरुङ खन्ने कार्य सुरु गरिएको थियो। उक्त मेसिनद्वारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो। ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा निर्माण गरिएको छ। 

सुनकोसी गाउँपालिका-६ स्थित कानढुंग्रीबाट सुनकोसी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ दशमलव ६६ मिटर हेटेडबाट पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा झारिनेछ। 

उक्त पानीबाट ३१ दशमलव ७ मेघाबाट विद्युत उत्पादन गरिनुका साथै  तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। सरकारले यसलाई राष्ट्रिय गौवको आयोजनाका रूपमा लिएको छ। यस आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.