थमन विक हत्यासम्बन्धी मुद्दामा आज महोत्तरी जिल्ला अदालतमा सुनवाइ हुँदै

थमन विक हत्यासम्बन्धी मुद्दामा आज महोत्तरी जिल्ला अदालतमा सुनवाइ हुँदै
सुन्नुहोस्

महोत्तरी : थमन विक हत्या प्रकरणको सुनवाइ आज जिल्ला अदालत महोत्तरीमा सुनवाइ हुँदैछ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या भएको घटनाको सुनवाइ आज जलेश्वरस्थित जिल्ला अदालतमा हुन लागेको हो।

सो हत्याको आरोपमा प्रतिबादी भनिएका अभिराम शर्मा, कौशल कुमार यादव, राम शंकर मिश्र, लक्ष्मि महतो कोइरी लगायतका २८ जना प्रतिबादी रहेका मध्य एकजना रिहाइ भएका थियो । जलेश्वर कारागारमा प्रदिप साह, सन्जय साह र पवन कापर लगायतको कैदी बन्दीहरु गत ७ बर्ष देखि  जेल जीवन विताईरहेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादबले राज्यले न्यायसंगत अनुरुप फेसला नगरे आफूहरु चुप नबस्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष्म यादवले भने, 'उक्त मुद्दा राजनीतिक मुद्दा हो । झुटा मुद्दा लगाएर कसैलाई पीडित बनाउन पाइदैन । यसमा वर्षौं पहिले राज्यसँग सम्झौता समेत भइसकेको छ । अव पुनः राज्यले विभेद गरे हामी चुप भएर बस्ने छैनौ ।

त्यस्तै भन्छन् अहिले थमन बिक को मुद्दामा केही राजनीति दल आफ्नो स्वार्थ सिद्ध गर्ने खोजेको जसपाका युवा नेता संतोष साहले आरोप लगाएका छन् । सो मुद्दाको सुनुवाइमा कुनै त्रुटिपूर्ण भए सम्पूर्ण मधेसी दल आन्दोलनमा जाने निश्चित रहेको धारणा राखेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.