योजना सम्झौता गर्नुअघि अभिमुखीकरण

योजना सम्झौता गर्नुअघि अभिमुखीकरण
सुन्नुहोस्

धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिकाले समितिहरूसँग योजना सम्झौता गर्नुअघि अभिमुखीकरण सुरु गरेको छ। उपभोक्ता समितिहरूलाई योजना सम्पन्न हुने समयमा प्रक्रिया पूरा गर्न समस्या देखिएकाले सुरुवातमा नै अभिमुखीकरण गरेर योजना कार्यान्वयन गर्न लागिएको हो।

गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनालाई चुस्तदुरुस्त बनाई गुणस्तरीयसँगै स्तरीय कार्य सम्पादन गर्नका लागि हरेक वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएकोगाउँपालिका अध्यक्ष मनोज राईले बताए। उनका अनुसार अभिमुखीकरण कार्यक्रम गाउँपालिकाभरिका सबै वडामा सञ्चालन गरिनेछ।  

अभिमुखीकरणमा उपभोक्ता समितिको काम कर्तव्य, योजनाको छनोटदेखि भुक्तानीको चरणसम्म गर्नुपर्ने प्रशासनिक, प्राविधिक तथा लेखा सम्बन्धि कामका बारेमा सहजीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले बताए। 

चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी गाउँपालिका र वडामा गरी तीन सयभन्दा योजना तथा कार्यक्रम छनोट भएका छन्। ती योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि गठित उपभोक्ता समिति, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतलाई  कार्यक्रममा सहभागी गराइएको कार्कीको भनाइ छ। 

अभिमुखीकरण कार्यक्रमप्रश्चात उपभोक्ता समितिमार्फत् सञ्चालन हुने योजना तथा कार्यक्रमहरू गुणस्तरीय रूपमा तोकिएको समयमा नै सम्पन्न हुने गाउँपालिकाले लक्ष्य लिइएको उपाध्यक्ष रत्नश्वरी राईले बताइन्। 

सहिदभूमि गाउँपालिकाको अधिकांश भूभाग विकट छन्। भौगोलिक विकटताकै कारण उपभोक्ता समितिलाई निर्माणको कामसँगै आवश्यक कागजपत्र मिलाउने समेत झन्झट हुने गर्छ। 

कागजपत्र नमिलेकै कारण कतिपय सहज हुने खालको काम सम्पन्न गर्न धेरै समय लाग्ने गर्दछ। अभिमुखीकरण कार्यक्रमप्रश्चात उपभोक्ता समितिलाई गुणस्तरीय कार्य गर्न सहयोग पुग्ने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.