व्यवस्थाको विकल्प होइन, सुधार आवश्यक छ : विश्वप्रकाश शर्मा

राष्ट्रपति र प्रधानमन्त्री एक पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरौं

व्यवस्थाको विकल्प होइन, सुधार आवश्यक छ : विश्वप्रकाश शर्मा
कांग्रेस म्याग्दीको सम्मेलनलाई बेनीमा सम्बोधन गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्रहरु नागरिकप्रति जवाफदेही, जिम्मेवार नहुँदा व्यवस्थाको विरोध भएको महामन्त्री शर्माले बताए।

बेनी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामै नागरिकको अधिकार सुरक्षित हुने बताएका छन्। कांग्रेस म्याग्दीको आइतबार बेनीमा प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएको विषयलाई झुल्न नहुने बताएका हुन्।  

‘नागरिकमा भएको असन्तुष्टि, गुनासोलाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ। व्यवस्था खराब होइन। नागरिकमा किन वितृष्ण र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ।’ उनले भने, ‘एक जना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एक पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर व्यवस्थामा सुधार ल्याउन सकिन्छ।’

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्रहरु नागरिकप्रति जवाफदेही, जिम्मेवार नहुँदा व्यवस्थाको विरोध भएको महामन्त्री शर्माले बताए। नागरिकहरुमा सकारात्मक सन्देश प्रवाह गराउन कांग्रेसका नेता कार्यकर्ताहरु अहिलेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक व्यवस्थाको अपनत्व लिएर जनताको घरदैलोमा पुग्नुपर्ने उनले बताए। 

संघीयतालाई बलियो बनाउन संघीय सरकारले शक्ति र स्रोत विकेन्द्रिकरण गर्ने कानुन बनाउन आवश्यक रहेको महामन्त्री शर्माको भनाई थियो। नियन्त्रणमुखी र पारिवारले राज्य चलाउने व्यवस्थामा नागरिकले भोगेका दुख, कष्टसँग अहिलेको व्यवस्थालाई तुलना गर्न आग्रह गरे।
 
‘तत्कालको लाभको कुरा होइन, देश र जनताको चिन्ता गर्नुपर्छ। २०८४ को चुनावको होइन, अहिले जनताले कसरी सुविधा पाउँछन् भनेर सोच्नुपर्छ’उनले भने, ‘रेलमार्ग, भ्यु टावरको भन्दा सहज सडक, शिक्षा, स्वास्थ्य, रोजगारी सम्बन्धी नागरिकको आवश्यकतालाई प्राथमिकता दिनुपर्छ।’ 

उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई जिम्मेवार, जवाफदेही र पार्टीसँग समन्वय गर्न निर्देशन दिए। लोकतान्त्रिक गणतन्त्रबाट नेपाललाई समुन्नतितर्फ अघि बढाउन वर्तमान सत्ता गठबन्धन बनेको बताउँदै महामन्त्री शर्माले आर्थिक र राजनीतिक अवस्था संकटमा भएको भन्ने भ्रमबाट मुक्त रहन आग्रह गरे। 

‘नेपालको राजनीति र अर्थतन्त्रमा समस्या देखिएको हो। संकट आइसकेको होइन। संकट र समस्यालाई फरक रुपमा बुझ्नुपर्छ,’ शर्माले भने ‘समस्यालाई पार लगाउन सकिन्छ। सरकारले गरेका प्रयासले परिणाम स्वरुप आर्थिक सूचकमा सुधार आएको छ। अर्थतन्त्रलाई अफ्यारोमा पर्ने गरेर जथाभावी रुपमा ऋण लिएर अनुत्पादन र अनावश्यक क्षेत्रमा लगानी नगर्न सरकारलाई सचेत बनाएका छौं।’

आसन्न महासमिति बैठकमा उमेद्वार छनौटको अधिकार सम्बन्धित समितिलाई दिने व्यवस्था मिलाउन विधान संशोधनको तयारी गरेको महामन्त्री शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.