त्रिशूलीमा चार्जिङ स्टेशन निर्माण

त्रिशूलीमा चार्जिङ स्टेशन निर्माण

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशूली बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिएको छ।

टिमुरे यातायात प्रालिले ३० लाख रुपैयाँको लागतमा चार्जिङ स्टेसन निर्माण गरेको हो। चार्जिङ स्टेसनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले संयुक्त रूपमा उद्घाटन गरे। 

मेयर राजन श्रेष्ठले चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन खरिद गरी चलाउने व्यवसायीलाई विदुर नगरपालिकाले प्रोत्साहन गर्ने बताए। उनले त्रिशूली बसपार्कमा चार्जिङ स्टेसन निर्माण भएकाले बसपार्क क्षेत्रमा चहलपहल हुने समेत बताए। 

विदुर १ का वडाध्यक्ष रन्जितले चार्जिङ स्टेसनबाट आएको मुनाफाको ३० प्रतिशत रकम वडा कार्यालय र नगरपालिकामा संकलन हुने समेत बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.