पाल्पामा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा

पाल्पामा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा

तानसेन : पाल्पामा जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा प्रदान गरिने भएको छ। पाल्पाका १० वटै स्थानीय तहमा पुसको चौथो हप्तादेखि सेवा सुरु गरिन लागिएको हो। 

माघको दोस्रो हप्तासम्म सञ्चालन गरिने कार्यक्रममा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अति अशक्त नागरिकहरूको घर घरमै पुगेर उपचार गरिने छ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै पालिकाका स्वास्थ्य शाखाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। 

पाल्पामा गत वर्ष  ७० वर्षभन्दा माथिका ६ हजार ५ सय ९६ जना ज्येष्ठ नागरिकहरूको घर घरमै पुगेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.