भीरबाट खसेर घाइते भएका खच्चड व्यवसायीको हेलिकोप्टरबाट उद्धार

भीरबाट खसेर घाइते भएका खच्चड व्यवसायीको हेलिकोप्टरबाट उद्धार
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गोरखा : भीरबाट खसेर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङ (कैमी)को हेलिकोप्टरबाट उद्धार गरिएको छ। चुमनुब्री- ५ बिजमस्थित बाटोबाट भीरमा खसेर घाइते भएका उनको बुधबार बिहान हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको वडाअध्यक्ष कालेन छेवाङ लामाले जानकारी दिए।

‘हिजो खच्चडमा स्योसम्म सामान पुर्‍याएर फर्कँदा पाँचबजेतिर बासबस्ने ठाउँमा खच्चड आइपुग्यो, तर मान्छे नआइपुगेपछि गाउँलेहरुबाट व्यापक खोजतलास भयो’, वडाअध्यक्ष लामाले भने, ‘त्यही क्रममा बाटोमुनि भीरमा अड्रिहेको अबस्थामा फेला पार्‍यौँ। साँढेचार बजेतिर माथिबाट खसेको ढुंगाले लडाएर उहाँलाई बाटोबाट भीरमा पुर्‍याएको रहेछ। उहाँलाई बचाएर गाउँलेले गाउँकै हेल्थपोस्टबाट प्राथमिक उपचार गरियो। हिजो अँध्यारो भइसकेको हुनाले हेलिकोप्टर उद्धार गर्न सकिएन अनि अहिले बिहान उद्धार गरेको हो। धन्न त्यहाँबाट पनि लडेर गण्डकीमा पुग्नु भएको रहेनछ।’ 

अति विकट गोरखाको चुमनुब्री गाउँपालिकामा सडक सञ्जालले जोडेको छैन। पैदल हिड्ने बाटो पनि अति जोखिमपूर्ण हुनाले ढुंगा खसेर स्थानीयबासी, पर्यटक, खच्चड गोठालाहरु घाइते भइरहने गर्छन्।

‘प्राय यस्ता अप्रिय घटना घटि नै  रहन्छ। कहिले घाइतेको उद्धार, कहिले सुत्केरी हुन नसकेका महिलाको उद्धार, कहिले गम्भीर बिरामीको उद्धारमै मेरो धेरै समय बित्ने गर्छ’, सांसद राजेन्द्र बजगाईँले भने, ‘गम्भीर घाइते, बिरामीको अवस्था खतरापूर्ण बनिरहेको हुन्छ, तर सरकारले निषेधित क्षेत्र भनेर त्यहाँ हेलिकोप्टरबाट उद्धार गर्न पनि झमेला गर्ने गर्छ। यो सहज हुनुपर्छ भनेर कैयौ मिहिनेत गर्दा पनि सफल हुन सकेको छैन।’ हिजोदेखि लगातार कोसिस गरेर बल्लतल्ल घाइतेको उद्धार गर्न हेलिकोप्टर उडाउने अनुमति लिन सकिएको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.