पर्वतको जलजला गाउँपालिकाको भवन निर्माण सुरु

पर्वतको जलजला गाउँपालिकाको भवन निर्माण सुरु
लामाखेतमा पर्वतको जलजला गाउँपालिकाको स्टोर र आवास भवनको शिलन्यास गर्दै अध्यक्ष राजुप्रसाद आचार्य । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आवास र स्टोर (भण्डारण) भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा निर्माण हुन लागेको भवनको बुधबार अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गरे । 

भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर बिक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर विक, दिपेन्द्र विक, जर्नादन मल्ल, धौलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाहरुले सामूहिक रुपमा डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । 

स्थानीयबासीबाट ३२ लाख मूल्य बराबरको जग्गा प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । एक रोपनी जग्गामा २ तले सभाहलसहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रविधिको भवन निर्माण गर्न लागिएको हो । 

एक करोड ९९ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न साहना–सक्षम जेभीसँग एक करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनियर सुनिल बानियाले बताए । 
आगामी चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । जग्गा सम्माएर जग खनिएको छ । निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि मनोज कार्कीले बताए । 

यो जलजला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को गौरवको आयोजना हो । गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको जनाएको छ । हाल वडा नम्बर ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । कृषि, पशु सेवा,स्वास्थ्य शाखाको कार्यालय वडा नम्बर ७ मिलनचोकमा छन् ।

फरक फरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको छ । अर्कोतर्फ भाडामा बजेट खर्च भएको छ । प्राविधिक कारण स्टोर र कर्मचारी आवासको नाममा योजना सञ्चालन गरिए पनि सो भवनलाई प्रशासनिक कार्यमा उपभोग गर्ने गाउँपालिकाको योजना छ । स्थानीय तहको प्रशासकीय भवनका लागि न्युनतम चार रोपनी जग्गा आवश्यक पर्छ ।  

जग्गाको मापदण्ड नपुग्ने र प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद भइसकेकाले स्टोर र कर्मचारी आवास भवन शिर्षकमा नयाँ ठाउँमा भवन बनाउन लागिएको हो । यसअघि खरिद भएको जग्गा अपायक पर्ने भएकाले भवन बनाउन नसकिएको जनप्रतिनिधिको भनाइ छ । 

सेवा प्रवाहलाई एकीकृत रुपमा सञ्चालन गर्न सबैलाई पायक पर्ने ठाउँमा भवन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए । गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले एकै ठाउँमा कार्यालय र विषयगत शाखा भएपछि सेवाग्राहीलाई सहज हुनुका साथै भाडाका लागि बजेट खर्च घटाउन सकिने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.