कालीगण्डकीमा बेपत्ता भएका युवाको शव फेला

कालीगण्डकीमा बेपत्ता भएका युवाको शव फेला
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेर बेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ। 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नम्बर २ भुरुंग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तीको बिहीबार नैनिबगर स्थित कालिगण्डकी नदीको खोचमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोटाखोर र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा घर्तीको शव फेला पारेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।  

पुष २ गते राति ९ बजे ग २२ प ११३० नम्बरको मोटरसाइकलमा चढेर भुरुंग तातोपानीबाट पोखरेबगर तर्फ हिँडेका सुजन सम्पर्कविहीन भएपछि आफन्त, छिमेकी र प्रहरीको टोलीले खोजी गरेको थियो। सडकमुनि कालिगण्डकी किनारमा सुजनले लगाएको हेल्मेट भेटिएपछि नदी किनारमा खोजी केन्द्रित गरिएको थियो। सुजन चढेको मोटरसाइकल भने भेटिएको छ। 

बेनी जोमसोम–सडकअन्तर्गत गत कात्तिकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभिरमा मोटरसाइकलसहित खसेका एक जना पर्यटकको ज्यान गएको थियो। यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीबाट पुष ३ गते रातीदेखि हराएकी  ७६ वर्षीया मनकुमारी पुनको बिहीबार शव भेटिएको छ। 

सोही वडाको खोर्वाङस्थित म्याग्दी नदीको खोँचमा पुनको शव भेटिएको प्रहरी निरीक्षक अशोक कुमार झाले बताए। मृतक दुवै जनाको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक झाले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.