अंग्रेजी नयाँ वर्षमा भेडेटारमा फुड फेस्टिबल

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा फुड फेस्टिबल
सुन्नुहोस्

धनकुटा  : पर्यटकीयस्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ का अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ। आयोजक होटल एशोसिएसन भेडेटारले शनिबार पत्रकार सम्मेलनमार्फत आगामी पौष १५ देखि १७ गतेसम्म फुड फेस्टिबल हुने जानकारी दिएको हो। 

होटल एसोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिबलको आयोजना गर्दै आइरहेको छ। यस वर्ष आयोजना हुने फेस्टिबल ११ औं संस्करणको हो। फेस्टिबलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिने अध्यक्ष तुमराज लिम्बुले बताए। उनका अनुसार २५ वटा स्टल रहने छ। 

फेस्टिबल अवधिभर १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार तथा ३० हजारसम्म बाह्य तथा आन्तरिक पर्यटक घुम्न आउने अनुमान गरिएको सचिव लालबहादुर श्रेष्ठको भनाइ छ। 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारमा हरेक वर्ष आयोजना हुँदै आइरहेको फेस्टिबल पर्यटकीय गतिविधि बढाउने माध्यम भएको बताए। फेस्टिबल सञ्चालन गर्नका लागि २७ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ। 

भेडेटारका होटलहरूमा फेस्टिबल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। महोत्सवमा आउने पर्यटकहरूलाई सागुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ।  

फेस्टिबलको सहआयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यैटन भेडेटार (नेष्ट), भेडेटार आमा समुह, सहयोगी साँगुरीगढी गाउँपालिका रहेको छ। त्यस्तै मुख्य प्रायोजक गोर्खा व्रुअरी, सहप्रायोजक नेपाल डिस्टिलरी प्रालि, प्रवर्द्धक नेपाल पर्यटन बोर्ड, एभेन्ट पार्टनर भेडेटार पाथिभरा क्लब र बैंकिङ पार्टनर नबिल बैंक र गुराँस माइक्रो फाइनान्स रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.