कोरला नाका जोड्ने सडकमा पाँचवटा पुल सञ्‍चालनमा

कोरला नाका जोड्ने सडकमा पाँचवटा पुल सञ्‍चालनमा
कोरला सडकखण्डअन्तर्गत अन्तिम चरणमा रहेको निर्माणधिन छाक्ताङ खोला पुल सञ्चालनमा  । तस्बिर : सुन्दरकुमार थकाली
सुन्नुहोस्

जोमसोम : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकखण्डमा निर्माणधिन पुलमध्ये पाँचवटा पक्की मोटरेबल पुल सञ्चालनमा आएका छन् । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको छाक्ताङ खोला पुल र लोमान्थाङ-कोरला सडकखण्ड अन्तर्गतका चारवटा निर्माणधिन पक्की मोटरेबल पुल सञ्चालनमा आएको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पक्की पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए । पुल निर्माणका लागि केही फिनिसिङका काम बाँकी रहेको भएपनि यातायात संञ्चालनका खुल्ला गरिएको सूचना अधिकारी चापागाईले उल्लेख गरे । 

पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा यातायातका साधन आवतजावत गर्न थालेपछि बर्खायाममा मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सहज हुँने आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।

कोरला सडक अन्तर्गत निर्माणधिन मुस्ताङको छाक्ताङ खोला पुलको लम्बाई ८० मिटरको छ ।दुई स्पानको पुलको  ७ करोड ४२ लाख लागतमा कालिका गजुुरमुखि जेभीले ठेक्का सम्झौता गरेको थियो । छाक्ताङ खोला पुल चालु आर्थिक वर्ष सबै काम सम्पन्न हुँने आयोजनाका सूचना अधिकारी चापागाईले बताए ।

यसैगरी जोमसोम—कोरला सडकखण्ड अन्तर्गत लोमान्थाङ—कोरला सडकमा पर्ने आयोजनाका ४ वटा पक्की मोटरेबल पुल निर्माण पनि अन्तिम चरणमा छन् । पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा  लोमान्थाङ,किम्लिङ,नाम्डोक र भर्मा खोलामा निर्माणधिन पुलहरु यातायात आउजाउ गर्ने मिल्ने गरी संञ्चालनमा आएको आयोजनाले जनाएको छ । यि ४ वटै पुल २०७६ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो ।सम्झौता अवधि २०८० साल असोज ३० गते सम्म रहेको लोमान्थाङ—कोरला ४ पुलको काम म्याद सकिएको २ महिनापछि यातायात संञ्चालनका लागि योग्य भएको हो । ४ वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत भन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईले जानकारी दिए ।

लोमान्थाङ,किम्लिङ,नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिननाथ अमित जेभीले लिएको थियो । भौगोलिक विकटताका बावजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रुपमा भौतिक प्रगती गरेको आयोजनाको भनाइ छ । 

यातायात सञ्चालनमा आएको एक स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटर लम्बाईको किम्लि‘ङ खोला पुलको लागत ६ करोड ३० लाख,२ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लम्बाईको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख छ ।

राष्ट्रिय गौरवको सडक अन्तर्गत उपल्लो मुस्ताङमा ४ वटा पुल एकै साथ संञ्चालनमा आएपछि बर्खायामको मौसममा  कोरलानाका प्रस्थानका लागि यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत यसअघि ५ वटा पुल निर्माण सम्पन्न भइसकेको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले बताएको छ । निर्माणको अन्तिम चरणमा रहेका ५ वटा सम्पन्न भएमा कोरला सडकमा १० वटा पक्की पुल सम्पन्न हुनेछन् । यसअघि म्याग्दीको  घट्टे खोला पुल,राहुघाट खोला पुल, मुस्ताङको  लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.