सांसद कोइरीको निलम्बन फुकुवा

सांसद कोइरीको निलम्बन फुकुवा
सुन्नुहोस्

महोत्तरी : महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरिएको छ। आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा गरिएको हो। 

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्। कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।

महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले प्रहरीको फरार सूचीमा रहेकै बेला पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए भने गत २०७९ पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए।

उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए। आइतबार उनको निलम्बन फुकवा भएको हो। प्रहरी प्रधान कार्यालयको पत्रसमेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका थिए। सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.