सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु, चालक नियन्त्रणमा

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु, चालक नियन्त्रणमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा मोटरसाइटल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका- ३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो । 

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गएको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुष र सोही मोटरसाइकलको पछाडी सवार दिक्तेल नगरपालिका- १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । 

मोटरसाइकल चालकको भने नाम खुलेको छैन । दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४  वर्षीय रुपेश अधिकारी र बसलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.