हुलाकी सडकको दुर्दशा : म्याद थपिन्छ, काम सकिँदैन

हुलाकी सडकको दुर्दशा : म्याद थपिन्छ, काम सकिँदैन
नवलपरासीका हुलाकी सडकमध्ये परासी-नारायण चोक सडक खण्ड । तस्बिर : हरि शर्मा

परासी : नवलपरासीमा रहेका हुलाकी सडकको दुर्दशाले स्थानीयलाई सास्ती भएको छ । हुलाकी सडक विस्तारको काममा भएको ढिलासुस्तीले स्थानीय सास्ती मात्र भएको छैन आजितसमेत भएका छन् ।

जिल्लाका तीन छुट्टाछुट्टै खण्डमा सडक विस्तारको काम भइरहेको छ । २०७६ सालमा तीन खण्डको सडक विस्तार गर्न ठेक्का लगाइएको थियो । तीन खण्डअन्तरगत प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकासम्मको सडक विस्तार, परासीदेखि नारायण चोकसम्मको सडक विस्तार र नारायण चोकदेखि त्रिवेणीसम्मको सडक विस्तारका लागि सडक विभागको हुलाकी राजमार्ग निर्देशानलयले ठेक्का लगाएको हो ।

सडक विस्तार गर्ने सम्झौता अवधि सकिएपछि ति सडक खण्डको दुई/दुई पटक म्याद थपिएको छ । गएको मंसिरको म्याद दिएर दोस्रो पटक म्याद थप्दा पनि काम नसकिएपछि आउँदो असारसम्म काम सक्ने गरी म्याद थप्ने तयारी गरिएको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिवस्तुका इन्जिनियर युवराज पाण्डेल बताए ।

समयमा काम नसक्दा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याले स्थानीय आजित छन् । ठेकेदारले निर्माणमा ढिलाइ गरेपछि स्थानीयहरूले पटकपटक चक्का जामसमेत गरेर विरोध गर्दै आएका छन् । विभिन्न स्थानमा निर्माण सामग्री राख्ने र कल्भर्ट निर्माणका लागि सडक भत्काएर नपुर्दा आवतजावतमा समस्या भएको सरावलका दीपक शर्माले गुनासो गरे । काम ढिलो भएको बारेमा निर्माण कम्पनीहरुले कोभिड र नदीजन्य पदार्थको अभावको बहाना बनाउँदै आएका छन् । 

पछिल्लो पटक पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी सडकलाई विकल्पका रुपमा प्रयोग गर्न थालिएको छ । अहिले पूर्वबाट पश्चिम जाने सवारी साधनहरु बर्दघाटदेखि नारायण चोक भएर परासीहुँदै भैरहवा जाने गरेका छन् भने पश्चिमबाट पूर्व जाने सवारी साधन पनि सोही मार्ग भएर राजमार्ग पुग्ने गरेका छन् । जसले गर्दा हुलाकी सडकमा सवारी चाप बढेर थप समस्या सिर्जना गरेको छ । भने सवारीको चाप बढ्दा वरिपरिका बस्ती धुलोले ढाकिन थालेका छन् । साइकल,मोटरसाइकल र पैदल यात्रीलाई समेत धुलोका कारण सास्ती हुने गरेको छ । धुलोका कारण मानव स्वास्थ्यदेखि खेतिपातीमा समेत असर पुगेको छ । 

कठहवा–सुस्ता सडक
 
प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिका जोड्ने ९ किलोमिटर सडक विस्तारको लागत २७ करोडको हो । सडक विस्तारका लागि ‘कन्ट्याक्ट प्रा.लि’ले ठेक्का लिएको छ । उक्त सडकको काम अहिले जम्मा ४० प्रतिशत मात्र भएको छ । २०७९ असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि फेरि म्याद थपिएको हो । यो सडक खण्डमा विगत दुई दिनदेखि आवश्यक सामग्रीको व्यवस्था गरी संरचना निर्माणको काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिलवस्तुका इन्जिनियर युवराज पाण्डेले बताए । ‘ स्ट्रक्चरका काम हुँदै छन् । अब दुई/चार दिनमा पिचको काम पनि हुन्छ । अहिले केही आस लाग्दो काम भएको छ,'पाण्डेले भने ।  

परासी–नारायण चोक सडक 

सदरमुकाम परासीदेखि नारायण चोकसम्मको १२ किलोमिटर सडक विस्तारको काम २५ करोडको हो । यो सडकको विस्तारको काम पनि अलपत्र छ । रामग्राम नगरपालिकाको बैकुण्ठापुरको घोलामाथि भत्किएको कल्भर्ट नबनाउँदा दुर्घटनाका घटना बढेका छन् । भत्किएको कल्भर्ट नबनाउँदा केही महिना अघि त्यहाँ मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको थियो । ‘द कन्चन बिरुवा शिवशक्ति जेभी’ले ठेक्का लिएको छ । काम नगरेपछि हुलाकी राजमार्ग निर्देशानलयले ठेक्का तोडेर आफैं काम गर्ने तयारी गरेको थियो । तर काम गर्छु भनेपछि असारसम्मको म्याद थप्ने तयारी निर्देशानलयले गरेको छ । ’हामीले ठेक्का तोडेर व्यसवसायीले राखेको धरौटी रकमबाट काम गर्ने सोँच बनाएका थियौं । व्यवसायीले एक पटक फेरि मौका दिनुस् भनेपछि असार मसान्तसम्मको म्याद दिनका लागि फाइल अघि बढाएका छौं । योजना कार्यालयका इन्जिनियर पाण्डेले भने । 
 
नारायण चोक- त्रिवेणी सडक 

गोपिगञ्जको नारायण चोकदेखि त्रिवेणीसम्मको सडकको लम्बाई १५ किलोमिटरको छ । ५८ करोडको लागतमा विस्तार हुन लागेको सडकको काम पनि उस्तै छ । सडक विस्तारका लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । यो सडक खण्ड विस्तार गर्न ‘बज्र गुरु महालक्ष्मी जेभी’ले ठेक्का लिएको छ । त्यस सडक खण्डमा अहिले ग्राभेल र माटो उठाउने कामलगायतका काम भएको योजना कार्यालयले जनाएको छ ।  

पुल निर्माणका लागि पाँचौं पटक ठेक्का आह्वान

नवलपरासीका विभिन्न स्थानका हुलाकी राजमार्गमा निर्माण गर्न लागिएका पुलका लागि ठेक्का आव्हान भएपनि ठेक्का नपर्दा निर्माण कार्यमा समस्या भएको हुलाकी राजमार्ग योजना कार्यालले जनाएको छ । पुल निर्माणका लागि अहिले पाँचौ पटक ठेक्का आव्हान गरिएको छ । हुलाकी राजमार्ग अन्तरगतका चार स्थानमा पुल निर्माणका लागि यसअघि चार पटकसम्म ठेक्का आव्हान गरेपनि कुनै पनि व्यवसायीले ठेक्का नहाल्दा समस्या भएको योजना कार्यालयका इन्जिनियर पाण्डेले बताए । ‘अहिले फेरि पुल निर्माणका लागि ठेक्का आव्हान गरेका छौं । ठेक्का हाल्ने मिति पनि अन्तिममा छ,त्यसअवधिसम्म ठेक्का पर्छ की पर्दैन त्यसपछि मात्र थाहा हुन्छ,'इन्जिनियर पाण्डेले भने । ठेक्का आह्वान गरिएका हुलाकी राजमार्गका पुलमा परासी नारायणचोक सडक खण्डका छन् । जसमा रामग्रामको बैठकुण्ठापुर,सरावलको मौवा पिपरा, भिमटाँडी र सरावल गाउँपालिका जाने स्थानका पुल रहेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.