अर्घाखाँचीमा कार दुर्घटना : घाइते एकजनालाई उपचारका लागि काठमाडौं पठाइयो

अर्घाखाँचीमा कार दुर्घटना : घाइते एकजनालाई उपचारका लागि काठमाडौं पठाइयो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका अर्जुन पोख्रेल संघर्षलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बिहीबार  पाणिनि गाउँपालिकादेखि सन्धिखर्क आउँदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  डीएसपी प्रतीतसिंह राठोरले  जानकारी दिए।

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेलसहित दुई बालबालिका थिए  । उनीहरुको अवस्था भने सामान्य रहेको छ । घाइते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो।

घाइते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.