आँखा अस्पताल बनाउन साढे २ करोडको जग्गादान

आँखा अस्पताल बनाउन साढे २ करोडको जग्गादान
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनीमा आँखा अस्पताल बनाउन एक दम्पत्तीले २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका छन्। 

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन्। 

बेनी नगरपालिका–८ कालीपुलमा रहेको बजारमूल्य दुई करोड ५० लाख रुपैयाँ पर्ने जग्गाको धनीपुर्जा रोका दम्पत्तीले शुक्रबार नेपाल नेत्र ज्योती संघ म्याग्दीका सभापति अमर बानियाँलाई हस्तान्तरण गरे। संघका सभापति बानिया र जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जग्गा उपलब्ध गराउने रोकाको दम्पतिलाई फूलमाला र खादाले सम्मान गरे। 

८० वर्षीय रोकाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जनतालाई लक्षित गरेर बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउँदा आफूले विगतमा देखेको सपना पूरा हुने विश्वास गरे। दिच्याममा जन्मिएका रोका हाल पोखरामा बसोबास गर्छन्। 

उनले बेनीमा रहेर नेपाल रेडक्रस सोसाइटी, बेनी अस्पताल विकास समिति लगायत संघ संस्थाको नेतृत्व गरेका थिए। ‘रेडक्रस सोसाईटीमा नेतृत्व गर्दा यो सपना देखेको थिए, पछिल्लो समय आफैंमा आँखामा समस्या भएपछि उपचार खोजीमा पोखरा काठमाडौं गर्न पर्‍र्यो,’ उनले भने, ‘आँखा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या न्यूनीकरण गर्न बेनीमा आँखा अस्पताल बनाउनुपर्छ।’ नेत्रज्योती संघका सभापति बानियाँले आर्थिक स्रोत जुटाएर आँखा अस्पतालको भवन निर्माण गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.