दुई दिनभित्र पहिलो किस्ता वापतको रकम प्रदान गर्न माग

दुई दिनभित्र  पहिलो किस्ता वापतको रकम प्रदान गर्न माग
सुन्नुहोस्

जाजरकोट : दुई दिनभित्र अस्थायी आवासको पहिलो किस्ताको रकम प्रदान गर्न नेपाली कांग्रेस नलगाडले माग गरेको छ। भूकम्प गएको दुई महिनासम्म पनि अस्थायी आवासको पहिलो किस्ताको रकम भूकम्पपीडित परिवारलाई दिन नसकेको भन्दै पार्टीले जाजरकोटको नलगाड नगरपालिकाको ध्यानाकर्षण गराएको हो। 

दुई दिनभित्र अस्थायी आवासका लागि संघीय सरकारले पठाएको रकम लाभग्राहीलाई वितरण नगरे आन्दोलनमा उत्रने पार्टीले चेतावनी दिएको छ। कांग्रेसले नलगाड नगरपालिकालाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो। 

ज्ञापनपत्रमा भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि प्रथम किस्ता वापतको रकम जिल्ला विपद व्यवस्थापन समितिले पालिकाको खातामा पठाएको हप्तौ हुँदा पनि नगरपालिकाको चरम लापरबाहीले हालसम्म निकासा हुन नसकेको, सरकारी तथा गैरसरकारी, निजी क्षेत्र, व्यक्तिगत सहयोग वापत के कति रकम प्राप्त भयो, कुन वडामा कति राहत पठाइयो, कसले कति प्राप्त गरे सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, १५ शय्याको नगर अस्पतालमा तत्काल डाक्टरसहितको गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने माग गरिएको पार्टी प्रवक्ता देवीलाल वलीले बताए। 

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत यतिबेला जिल्ला बाहिरै छन्। जिल्ला बाहिरै रहेका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई पनि बिहीबार मात्र आएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा रकम निकासामा ढिलाई भएको हो। 

८ हजार ९७ लाभग्राही कायम भएर सबैसँग सम्झौता भए पनि हालसम्म २ सय ३४ जनाको खातामा मात्र निकासा गरिएको छ। नगरपालिकाको खातामा २० करोड रुपैयाँ होल्ड भएर बसेको छ। नलगाडमा सत्तारूढ माओवादी केन्द्रले मेयर जितेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.