भेडेटारमा फुड फेस्टिबल सुरु

भेडेटारमा फुड फेस्टिबल सुरु
सुन्नुहोस्

धनकुटा : अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिबल सुरु भएको छ। होटल एशोसिएसन भेडेटारको आयोजनामा सुरु भएको फेस्टिबल तीन दिनसम्म सञ्चालन हुनेछ। फेस्टिबलको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातारण मन्त्री गणेश उप्रेतीले गरेका थिए। 

कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर फेस्टिबलको आयोजना हुँदै आइरहेको छ। फेस्टिबलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिएको छ। फेस्टिबलमा आउने आगन्तुकहरूले स्थानीय जातीय परम्परागत खानेकुराहरूको स्वाद लिन र हेर्ने अवसर पाउनेछन्। 

ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार फेस्टिबल मार्फत हुने भेडेटार होटल एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुको भनाइ छ। फेस्टिबलमा साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनी समेत गरेको छ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पर्यटकीय गतिविधि बढाउन फेस्टिबलले सहयोग पुग्ने बताए। फेस्टिबल भरि ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको होटल एसोसिएसनका सचिव लालबहादुर श्रेष्ठले बताए। फेस्टिबलमा राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने छ। 

फेस्टिबल अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। भेडेटार आउने पर्यटकहरूलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धबिहार, गुम्बा, ध्वजेडाँडा अजङ्ग‍को बरको रुख लगायतका ठाउँमा घुमाइने छ। 
 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.