दुप्चेश्वर मेलामा ५ लाख भेटी संकलन
नुवाकोट : दोस्रो पशुपतिनाथका रूपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा संकलन भएको भेटी गणना गरिएको छ।
धान्य पूर्णिमाको अवसरमा एक सातासम्म लागेको मेलामा करिब पाँच भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषले दान तथा भेटीको गणना गरी सार्वजनिक गरे अनुसार हाटकर तथा भेटी गरी ४ लाख ९३ हजार ८ सय ६५ रुपैयाँ संकलन भएको हो।
कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उचित व्यवस्थापनका लागि प्रयासरत रहेको बताए। यस पटक एक लाख १० हजारले मेला भरेका छन्।