मेलम्ची खानेपानी मर्मतको काम ७० प्रतिशत सम्पन्न

मेलम्ची खानेपानी मर्मतको काम ७० प्रतिशत सम्पन्न
सुन्नुहोस्

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।

बुधबार हेलम्बु गाउँपालिका-१ मा रहेको अम्बाथान स्थित मुहान स्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधि मण्डललाई त्यहाँ भइरहेको काम बारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको बताए। कुँवरले अबका बाँकी कामहरु केहि कठन रहेको जनाउँदै जस्तोसुकै परिस्थिती आएपनी अबको १० दिन भित्र काम सम्पन्न हुने बताए।

अम्बाथान स्थित ९ नम्बर, २१ नम्बर र १७ नम्बरको गेट सफा गर्ने काम भइरहेको कुँवरले बताए। 'मर्मतको काम तिब्र रुपमा अघि बढिरहेको छ। दैनिक ४५ जना कामदारले द्रुत गतीमा काम गरिरहेका छन्,' कुँवरले भने, 'यही गतिमा काम भइरहने हो भने अबको १० दिन भित्र काठमाण्डौ पानी पठाउन सकिन्छ।' उनले सरकारको लक्ष्य अनुसारनै पानी पथान्तरणका लागि तिव्र गतिमा काम भइरहेको बताए।

अवलोकनको लागि आएका प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौं बासीलाई पानी खुवाउनुपर्ने बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीनरूपमा काठमाडौंमा पानी लानेगरी काम गर्न लागि परेको जनाए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, वित्त आयोगका सदस्यहरु जुद्ध गुरुङ, बिपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहमद अन्सारी लगायत टोली अवलोकनको लागि अम्वाथान पुगेको थियो।

गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ। २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि अस्थायीरूपमा पानी राजधानी पठान्तरण गर्न लागिएको हो। पछिल्लो पटक मेलम्ची खानेपानी विकास समितिले आयोजना पुनःनिर्माण र पानी पथान्तरणको जिम्मा सिनो हाइड्रोलाई दिएपछि पानी पठान्तरणको बाटो खुलेको थियो। हाइड्रोले अहिले दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.