हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ

हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

महोत्तरी : महोत्तरी प्रहरीले एकजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। सम्सी गाँउपालिका २ का अब्दुस सलामको पसलमा काम गर्ने स्थानीय खुर्सेद अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ४२ वर्षीय प्यारे भनिने शेष जसाउदिनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रतिवादी शेष जसाउदिन लगायतले खुर्सैदलाई गाली गलौज गर्दै क्रुर यातना दिएपछि उनको मृत्यु भएको थियो। सोही घटनामा लामो समयदेखि फरार रहेको जसाउदिनलाई प्रहरीको विशेष टोलीले उनलाई सम्सी बजारबाट नियन्त्रणमा लिएको हो।  

प्रहरी नियन्त्रणमा रहेको जसाउदिन अहिले जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

स्थानीय अब्दुस सलामको पसलमा काम गर्ने मजदुर खुर्सैद अन्सारीको २०७९ साल पुस ६ का दिन चरम यातना दिएपछि मृत्यु भएको थियो। सो घटनाको मुख्य अभियुक्त अब्दुस अहिले जेल जीवन बिताइरहेका छन्। घटना भएलगतै जसाउदिन फरार रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.