साततले दरवार पुर्ननिर्माणको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साततले दरवार पुर्ननिर्माणको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुन्नुहोस्

नुवाकोट : देशकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको साततले दरवार राष्ट्रिय संग्रहालयलगायत नुवाकोटका सम्पदाहरु पुर्ननिर्माण गर्न माग गरिएकको छ। 

विनासकारी भूकम्पले भत्काएको विदुर नपा २ स्थित साततले दरवार राष्ट्रिय संग्रहालयलगायत आठ वटा ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुको तत्काल मर्मत तथा पुर्ननिर्माण गर्न नुवाकोटवासीले माग गरेका हुन्। 

ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुर्ननिर्माण अलपत्र हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा असर परिरहेको समेत नागरिक समाजका अगुवा रामलाल श्रेष्ठको भनाइ छ। उनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको हो। 

निमित्त प्रजिअ तुलसीराम पौडेललाई बुझाइएको ज्ञापनपत्र गृहमन्त्रालय हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाइएको छ। साततले दरवार राष्ट्रिय संग्रहालयलगायत आठ वटा ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुको तत्काल मर्मत तथा पुर्ननिर्माण गरी सम्पदाहरुको संरक्षण गरिनु पर्ने माग गर्दै सो ज्ञापन पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई वोधार्थ दिइएको छ। 

'नुवाकोट दरवार परिसर कहिलेसम्म रहने खण्डहर' मूल नाराका साथ नुवाकोट दरवार क्षेत्रको पुनर्निर्माणको सन्दर्भमा भइरहेको ढिलासुस्ती र तत्काल पुनर्निर्माण गर्न पहल गर्न नुवाकोटवासीले नुवाकोटका प्रजिअमार्फत् प्रधानमन्त्रीलाई  ज्ञापन पत्र बुझाइएका र सरकारले तत्काल यसको सुरुवात गरिनु पर्ने स्थानीय संस्कृतिप्रेमी तथा विदुर २ का वडाध्यक्ष दीपक कायस्थको भनाइ छ।

भूकम्पले क्षति गरेका नुवाकोटवाहेका अन्य जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण भइसकेको छ।  नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालयलगायत आठ वटा ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुको पुर्ननिर्माण नहुँदा पक्षपात गरिएको वडाध्यक्ष कायस्थको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.