म्याग्दीका तेजबहादुरले फलाए १० किलो बढीको एउटै काउली

म्याग्दीका तेजबहादुरले फलाए १० किलो बढीको एउटै काउली
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले गरेको काउली खेती । तस्बिर : सौजन्य सम्झना खत्री।
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाएका छन्।  

घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गरेका हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै काउलीको तौल १०.२४० किलोग्राम तौल भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ।

पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र कृषि शाखाका प्रमुख हेमन्त शाहीको रोहबरमा बरुवालले फलाएको काउलीको तौल लिइएको थियो। 

‘बरुवालको बगैचा अनुगमन गर्दा काउलीको आकार र तौल अस्वभाविक लागेपछि नापजाचँका लागि मगाएका थियौं,’ कृषि शाखाका प्राविधिक सम्झना खत्रीले भनिन्, ‘काउलीको औसत तौल २.५ किलोग्राम हो। तर बरुवालले १० किलोभन्दा बढी तौल भएको एउटै काउली फलाउनुभयो।’

बरुवालले गत साउनको पहिलो हप्ता सेमी हाइटेक टनेलभित्र ‘स्नो मिस्टिक’ जातको काउलीको बेर्ना लगाएका थिए। बेर्ना सारेको १०० देखि १२० दिनमा तयार हुने यो जातको काउली मध्य पहाडको भूगोलमा लगाउन सकिन्छ। गुम्बजाकार, शुद्ध चम्किलो सेतो रंगको यो जातको काउलीको औसत तौल २.५ किलोग्राम हुन्छ। 

‘कृषि ज्ञान केन्द्रको सहयोगमा स्थापना गरेको सेमी हाइटेक टनेलमा गाईभैसीको मल हालेर काउली लगाएको हो,’ बरुवालले भने ‘यसअघि पाँच किलोसम्म तौल भएको काउली फलाएको थिएँ। यसपाली बारीमा रहेका अरु काउलीको तौल पनि धेरै छ।’ रासायनिक मल र विषादीको प्रयोग बिनै काउली खेती गरेको बरुवालले बताए।  

null

बरुवालले दश रोपनी क्षेत्रफलमा काउली, बन्दा, केराउ, किबी, अलैची, मुला, रायो साग, मटरकोषा, ब्रोकाउली, घ्यूसिमी, धनिया, गाँजर जातका तरकारी खेती गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र तत्कालीन कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा २० वर्षअघि बरुवालले सुरु गरेको व्यवसायिक तरकारी खेती जिविकोपार्जनको आधार बनेको छ। 

‘वर्षमा ३ देखि ४ लाख रुपैयाँको तरकारी बिक्री हुन्छ,’ उनले भने, ‘जीवन गुजारा चलाउने माध्यम नै तरकारी खेती भएको छ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले संरक्षण कृषक घोषणा गरेका बरुवालले जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा एकपटक प्रथम स्थान र वि.स. २०७२ मा म्याग्दीमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका थिए।  

पर्यटकीय स्थल घोडेपानी, पोखरेबगर, भुरुङ्ग–तातोपानी, घार गाउँमा तरकारी खपत हुने गर्छ। तरकारीले बजार र मूल्य नपाउने तथा काम गर्ने जनशक्ति नहुनु चुनौती रहेको बरुवालले बताए। 

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बरुवाल गाउँपालिकाकै नमुना र प्रेरणादायी कृषक रहेका बताए। वडा, पालिका र जिल्ला स्तरका कार्यक्रम मार्फत कृषकलाई सहयोग गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.