चिसो छल्न कर्मचारी सदरमुकामतिर

कार्यालय सहयोगीले नै उठाउँछन् मुस्ताङ भन्सारको राजश्व

कार्यालय सहयोगीले नै उठाउँछन् मुस्ताङ भन्सारको राजश्व
मु्स्ताङ भन्सार कार्यालय। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

पुष लागेसँगै अहिले नेचुङ भन्सार कार्यालय कार्यालय सहयोगीकै जिम्मा लगाइएको छ । जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् ।

जोमसोम : चीनसँग सीमाना जोडिएको (नेचुङ-लिजी) कोरला नाकाबाट हुने व्यापारिक कारोवारका लागि राजश्व संकलन गर्न उपल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित नेचुङमा भन्सार कार्यालय छ । जोमसोम यही भन्सार कार्यालयको सम्पर्क कार्यालय पनि हो।

कोरलास्थित नेचुङ—लिजी नाका गत २७ मंसिरमा औपचारिक रुपले खुल्ला भएसँगै मुस्ताङ भन्सार सक्रिय हुन थालेको हो । उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुल्ला गरिएको यो नाकाबाट दैनिक घरायसी प्रयोजनका दैनिक उपभोग्य सामान,लत्तापकडा,किराना सामग्री,कस्मेटिक सामानलगायतको आयात गरिन्छ । 

मुस्ताङ भन्सार कार्यालयका लागि एकजना अधिकृत तहका कर्मचारीसहित कूल ७ जनाको दरबन्दी छ । यद्देपि हाल १ जना नायव सुब्बा,१ जना लेखापाल, १ जना कम्प्युर अपरेटर र एकजना कार्यालय सहयोगी छन् । 

चार वर्षसम्म बन्द रहेको यो नाका खुलेपछि भन्सारको समेत आशिंक राजश्व संकलन हुन थालेको छ । मुस्ताङ भन्सार कार्यालयका लागि एकजना अधिकृत तहका कर्मचारीसहित कूल ७ जनाको दरबन्दी छ । यद्देपि हाल १ जना नायव सुब्बा,१ जना लेखापाल, १ जना कम्प्युर अपरेटर र एकजना कार्यालय सहयोगी छन् । 

कार्यरत कर्मचारी भन्सार राजश्व संकलन गर्न नाका खुलेको दिनदेखिनै सक्रिय थिए । तर,अहिले उपल्लो मुस्ताङको कोरलास्थित नेचुङमा चिसो र हिमपात बढेकाले त्यहाँ  अहिले १ जना कार्यालय सहयोगी बाहेक अरु कोही बसेका छैनन् । नेचुङका कर्मचारीलाई चिसो र हिमपातको जोखिमका साथै नाकाबाट आर्थिक कारोबार कम हुने भएकाले सदरमुकाम जोमसोम झरेपछि भन्सारका कर्मचारी जोमसोमको भन्सार सम्पर्क कार्यालयमा समेत छैनन् ।

जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् । 

पुष लागेसँगै अहिले नेचुङ भन्सार कार्यालय कार्यालय सहयोगीकै जिम्मा लगाइएको छ । जोमसोमको सम्पर्क कार्यालयमा समेत ताल्चा लगाइएको छ । चिसो र आर्थिक कारोबार कम हुने उल्लेख गरी जोमसोम झरेका भन्सारका कर्मचारीहरु जिल्ला बाहिर रहेका छन् । 

नेचुङ भन्सार कार्यालयमा रहेका कार्यालय सहयोगी टसी गुरुङले भन्सार कार्यालय आफू एक्लैले कुरेर बसेको बताए । ‘अहिले नाकाको आर्थिक गतिविधि निकै कम छ,कार्यालयका सरहरु पनि जोमसोम झर्नु भएको छ ,कार्यालय सहयोगी गुरुङले भने,‘आकल झुक्ल कोही सामान लिएर आए मैले नै फोन गरेर रसिद काट्छु । नाकामा अहिले खासै चहल पहल छैन ।’

भन्सार कुरेर बसेका कार्यालय सहयोगी गुरुङले ३३ हजार रुपैयाँ दुई दिनमा संकलन गरेको जानकारी दिए ।  उनले जिल्लामा किनमेल गर्ने नागरिक बेसी झरेको र स्थानीय व्यापारी समेत आउन छोडेकाले भन्सारमा राजश्व उठ्न नसकेको बताए ।

कार्यालय सहयोगी गुरुङले भनेजस्तै मुस्ताङ भन्सारका कर्मचारी पुष महिना लागेसँगै जिल्ला बाहिर छन् ।  भन्सार कुरेर बसेका कार्यालय सहयोगी गुरुङले ३३ हजार रुपैयाँ दुई दिनमा संकलन गरेको जानकारी दिए ।  उनले जिल्लामा किनमेल गर्ने नागरिक बेसी झरेको र स्थानीय व्यापारी समेत आउन छोडेकाले भन्सारमा राजश्व उठ्न नसकेको बताए ।

चार वर्षसम्म बन्द रहेको कोरलानाका खुले पनि अनिश्चित बन्द भएको सूचना जारी गरिएको छैन । प्रतिकूल मौसम र हिमपातको जोखिम रहेको उपल्लो मुस्ताङमा भन्सारसंगै बिओपीका सुरक्षाकर्मी यथास्थानमा बसेका छन् ।

तर,भन्सारका कर्मचार एकैचोटी जिल्ला बाहिर बिदामा बस्दा भन्सार कार्यालयको कामकारवाहीमा समस्या आउनसक्ने एक स्थानीयले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.