परासीमा भुस्याहा कुकुरको बिगबिगी

परासीमा भुस्याहा कुकुरको बिगबिगी
पृथ्वीचन्द्र अस्पताल परासीमा रेबिजविरुद्धको सुइ लगाउन आएका सर्वसाधारण । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी : नवलपरासीका विभिन्न स्थानमा अहिले भुस्याहा कुकुरको बिगबिगी बढेको छ । यसको नियन्त्रणका लागि सम्बन्धित पालिकाहरुले वास्ता नगर्दा सर्वसाधारणहरु त्रासमा हिँडनु परेको छ । हरेक दिनजसो भुस्याहा कुकुरले टोकेका सर्वसाधारणहरुको संख्या बढ्दै गएको छ । 

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मात्र दैनिक १५ देखि १६ जना कुकुरले टोकेका सर्वसाधारणहरु आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेले जानकारी दिए । कुकुरले टोकेका सर्वसाधारणको संख्या बढेपछि अस्पतालमा रेबिजविरुद्धको औषधि अभाव समेत भएको थियो । 

निःशुल्क औषधि नभएपछि सर्वसाधारणले महंगोमा औषधि किनेर लगाउँदै आएका थिए । दुई दिनअघि प्रदेश सरकारले पठाएको औषधि आएकाले अहिले निःशुल्क उपलब्ध गराइँदै आइएको डा. पाण्डेले बताए । ‘अहिले एक सय एम्पुल आएको छ । कुकुरले टोकेका सर्वसाधारणहरु बढेकाले यो औषधि केही दिनलाई मात्र पुग्छ,'उनले भने । 

भुस्याहा कुकुरको बिगबिगी बढेपनि नियन्त्रणमा समस्या भएको रामग्राम नगरपालिकाका कार्यबाहक नगर प्रमुख सम्झना चौधरीले बताइन् । पछिल्लो पटक धेरै जनालाई भुस्याहा कुकुरले टोकेको जानकारी पाएको बताउँदै नियन्त्रणका लागि प्रयास गरिने उनको भनाइ छ ।

‘पहिला भुस्याहा कुकुरलाई मारेर नियन्त्रण गरिन्थ्यो, अहिले मार्न पाइदैन त्यसले गर्दा पनि भुस्याहा कुकुरको संख्या बढेको छ । कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल गरेर अगाडी बढ्छौं,'कार्यबाहक नगर प्रमुख चौधरीले भनिन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.