पुँजी बढाउँदै आत्ममिलन, अध्यक्षमा तिमल्सिना चयन

पुँजी बढाउँदै आत्ममिलन, अध्यक्षमा तिमल्सिना चयन
१६औं साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी: अन्नपूर्ण

काठमाडौं : काठमाडौंको मीनभवनमा रहेको आत्ममिलन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमसहित नयाँ कार्यसमितिको चयन गर्दै १६औं साधारणसभा शनिबार सम्पन्न गरेको छ। 

उक्त साधारणसभाले उद्धव तिमल्सिनाको अध्यक्षतामा सात सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ भने कृष्णप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय लेखा (सुपरिवेक्षण) समिति पनि गठन गरेको छ।  

कार्यसमितिका पदाधिकारीमध्ये उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, कोषाध्यक्षमा होमप्रसाद तिमिल्सिना यस्तै सदस्यहरूमा शिवप्रसाद तिमिल्सिना, शारदा शर्मा बस्ताकोटी र हरिप्रसाद शर्मा निर्विरोध चयन भएका हुन्। सचिवमा बद्रिप्रसाद शर्मा तिमिल्सिना छानिएका छन्। 

लेखा (सुपरिवेक्षण) समितिका अन्य दुई सदस्यमा भने भगवती तिमल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चयन भए। सचिवबाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष उद्धव तिमल्सिनाले जानकारी दिए। 

साधारणसभा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बन्द सत्र अघिको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सेनाले सहकारीहरू विभिन्न कारणले गम्भीर अवस्थामा पुगिरहेको यो समयमा व्यवस्थापकीय रूपमा आत्ममिलन सहकारी अब्बल रहेको यसका क्रियाकलापले पुष्टि गरेको बताए। ‘अहिले सहकारीसम्बन्धी धेरै नकारात्मक कुरा आइरहेका छन्। तर, यो आत्ममिलन सहकारीले हरेक कोणलाई मिहिन ढंगले केलाएकाले धरमराउने अवस्था आएको छैन। यसलाई म नजिकबाट नियालिरहेको छु। यो क्रम निरन्तर रहनुपर्छ,’ उनले भने। 

आफूसमेत यो सहकारीको सेयर सदस्य रहेको उल्लेख गर्दै उनले सहकारीहरूले आफूलाई समय अनुकूल व्यवस्थित बनाउँदै लैजानु पर्नेसमेत बताए। २०६४ साल पुस २२ गते २९ सदस्यबाट २ लाख ९० हजार रुपैयाँ सेयर रकम संकलन गरी सुरु भएको आत्ममिलन सहकारीमा हालसम्म १ हजार ३० सेयर सदस्य पुगिसकेका छन्। सहकारीको व्यवस्थापन र मितव्ययिता देखेर यसमा सेयर लगानी गर्ने क्रम पछिल्लो समय अझै बढ्दै गएको सहकारीको दाबी छ। 

साधारणसभामा कोषाध्यक्ष होमप्रसाद तिमिल्सिनाले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा २ करोड १५ लाख सेयर पुँजी रहेकोमा यस आर्थिक वर्षमा ३ लाख रुपैयाँ थपिएको बताए। यस्तै गत आर्थिक वर्षमा १७ करोड ३ लाख कारोबार भएकोमा यसपाली ३५ लाख रुपैयाँले वृद्धि भएको उनले सुनाए। 

यो सहकारीको कुल नाफा ३१ लाख रुपैयाँभन्दा बढी छ भने कोषहरू १ करोड २९ लाख रुपैयाँ बराबरको छ। सहकारीले साधारणसभाको अवसरमा शनिबार विभिन्न विधामा सेयर सदस्य र सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कृतसमेत गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.