कङ्गोमा भारी वर्षाका कारण ३०० जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन्।
सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएको बताएका छन्।
उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए।
मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे।