बाग्लुङ–म्याग्दी जोड्ने सडक निर्माण ३ वर्षपछि सूचारु

बाग्लुङ–म्याग्दी जोड्ने सडक निर्माण ३ वर्षपछि सूचारु
बागलुङको गलकोटदेखि ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक स्तरोन्नति गर्दै।
सुन्नुहोस्

बेनी : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने रणनीतिक महत्वको गलकोट–हरिचौर–हिल–तारा–रुम म्याग्दी सडक योजना निर्माणको काम तीन वर्षपछि सूचारु भएको छ।  

बाग्लुङको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट, ताराखोला गाउँपालिका हुँदै म्याग्दीको मालिका गाउँपालिका–२ रुम जोड्ने रणनीतिक सडक निर्माणको काम वि.स. २०७६ चैत देखि रोकिएको थियो। ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले गलकोट र म्याग्दी जोड्ने उद्देश्यले सञ्चालित सडक आयोजना निर्माणको काम तीन वर्षपछि सूचारु भएको बताए।

४० किलोमिटर लामो रणनीतिक सडकमध्ये गलकोटको हटियादेखि ताराखोलाको घुस्मेलीसम्मको १० किलोमिटर कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय बाग्लुङसँग आर्थिक वर्ष २०७५/७६ मा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेले बैङ्क जमानत जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचिमा राख्ने चेतावनी दिएपछि ठेकेदार काममा फर्किएका बताए। पाँच किलोमिटर दुरीमा ग्राभेल भइसकेको सडकको बाँकी खण्डमा विस्तार, पर्खाल, नाली निर्माण, सब बेस, बेस बिछ्याउने र कालोपत्र गर्ने तयारी गरेको छ। 

५० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणमा हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको छ। सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन्। 

यो सडक निर्माण भएमा म्याग्दीको मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दालाई बाग्लुङ हुँदै लुम्बीनी प्रदेशको बुटवल बजार नजिक पर्छ। एपेक्स–खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल सार्न भएको ढिलाई र मूल्यवृद्धिका कारण ढिलाई भएको बताए।  

‘ग्राभेल भएको सडकमा बेस र सब बेस राख्न थालेका छौं, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो,’ उनले भने, ‘अब कामले गति लिन्छ। यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको छ।’

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यो सडकलाई समस्याग्रस्त आयोजनामा सूचिकृत गरेर निर्माण व्यवसायीलाई काममा फर्काउन दवाव र ताकेता गरेको थियो।

गलकोट– ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडकको घुस्मेली–करिमेला खण्डको सडक कालोपत्र सहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा १५ करोडको ठेक्का आव्हान गर्ने तयारी गरेको छ।

ताराखोलाकै रानीवासमा पक्की मोटरेबल पुल बनाउन ठेक्का आह्वानको तयारी भएको छ। यो पुललाई यस वर्ष एक करोड बीस लाख रुपैयाँ विनियोजन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.