भारतबाट अवैधरुपमा ल्याएको २९ लाख बराबरको औषधि बरामद, दुईजना पक्राउ

भारतबाट अवैधरुपमा ल्याएको २९ लाख बराबरको औषधि बरामद, दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको  २९ लाख बराबरको औषधि बरामद भएको छ। भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो । 

प्रदेश नं.३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताए । 

औषधिसँगै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने  २९ वर्षीय अभिषेक खरेल रहेका छन् । 

भारतमा धेरै नै सस्तोमा पाइने भएकाले भन्सार छलेर औषधि ल्याएको प्रहरीले जनाएको छ । उक्त औषधि काठमाडौं टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.