सोनमामा कपाली तमसुक नविकरणको नाममा नियमविपरित रकम असुल्दै

सोनमामा कपाली तमसुक नविकरणको नाममा नियमविपरित रकम असुल्दै
फाइल तस्बिर।
सुन्नुहोस्

सोनमा (महोत्तरी) : महोत्तरीको सोनमामा कपाली तमसुक नविकरणको नाममा नियमविपरीत रुपमा रकम उसुल गर्दै आएको छ। सोनमा गाउँपालिका वडा नं. २ को कार्यालयमा त्यस्ता तमसुक नविकरण गर्नका लागि आउने धनीसँग मनपर्दी रकम असुल्दै आएको छ। स्थानीय अरुण कुमार यादवले दिएको जानकारी अनुसार सो तमसुक तयार पार्नका लागि वडा कार्यालय परिसरमा रहेको लेखनदासले प्रतिव्यक्ति तीन सय रुपैयाँका दरले रकम लिँदै आएको जनाएको छ। त्यस्तै ऋणी सम्पर्कमा नआउने धनीसँग वडा कार्यालयले पुर्जी काटेर सम्पर्कमा ल्याउनका लागि सो रकम बिना रसिदको असुल्दै आएको यादवले बताए।

त्यस्तै स्थानीय सुधार कुमार यादवका अनुसार वडा कार्यालयमा निवेदन दर्ता गराउने क्रममा वडा सचिवले प्रति फाइल १ हजारका दरले माग गरेको र सो रकम नदिँदा आफ्नो फाइल अझ पनि अलपत्र अवस्थामा रहेको जानकारी दिएका छन्। सुधिरले भने, 'वडाले माग गरेको रकम फाइल भित्र टाँस्ने गर्दछ। आफूसँग पनि सो रकम माग गरिएको र त्यसको रसिद माग गरेपछि आफ्नो फाइल अलपत्र पारिदिएको छ।'

यस सम्बन्धमा वडा कार्यालयमा रहेको वडाअध्यक्षसँग विस्तृतमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

गाउँपालिकाको कार्यालयले त्यस्ता कपाली तमसुक नविकरणका लागि २ सय रुपैयाँ निर्धारण गरिएको कुनै पनि शर्तमा थप रकम नदिनका लागि सर्वसाधारणमा आग्रह गरेका छन्। पालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले पालिकाले निर्धारण गरिएको रकमभन्दा बढी माग गरेमा तत्काल आफूलाई जानकारी गराउनका लागि सर्वसधारणमा आग्रह गरेका छन्। आफूले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको त्यस्तो कार्यमा संलग्न कर्मचारी र जनप्रतिनिधीलाई कानुनअनुसारको कारवाही गरिने अध्यक्ष यादवले प्रतिबद्धता जनाएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.