गौशालाका सामुदायिक विद्यालय माघ १ गतेसम्म बन्द

गौशालाका सामुदायिक विद्यालय माघ १ गतेसम्म बन्द
सुन्नुहोस्

गौशाला : गौशाला नगरपालिकाभरिका सामुदायिक विद्यालयहरूमा माघ १ गतेसम्मका लागि जाडो बिदा दिइएको छ। अत्यधिक चिसो बढेपछि नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको वैठकले माघ १ गतेसम्मका लागि बिदा दिइने निर्णय गरिएको हो।

नगरको शैक्षिक क्यालेण्डरअनुसार सो बिदा मिलाइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। प्रधानाध्यापकको बैठकमा भएको निर्णयअनुसार पुस २९ गतेसम्म चिसो बिदा दिइएको शिक्षा शाखाका सह संयोजक भरत सिंहले जानकारी दिए। 

सहसंयोजक सिंहका अनुसार यहाँका सामुदायिक विद्यालयमा माघ १ गते माघी बिदा भएकाले सो दिन सार्वजनिक बिदा भएको र अब साविक झै माघ २ गतेदेखि विद्यालय सञ्चालनमा आउने छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.