औरहीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

औरहीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २ घाइते
तस्बिर : रासस।
सुन्नुहोस्

महोत्तरी : सोमबार राति महोत्तरीको औरहीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। औरही नगरपालिका-१ को कार्यालय नजिक भएको दुईवटा मोटरसाइकल दुर्घटनामा परी भंगहा नगरपालिका ३ का ३२ वर्षीय धर्मेन्द्र महतो र रामगोपालपुर नगरपालिकाका ३० वर्षीय मुकेश चमारको भृत्यु भएको हो। 

त्यस्तै उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको बर्दिवासस्थित शुभस्वतिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दिएको जानकारीअनु्सार गएराति रामगोपालपुरतर्फ गइरहेको प्रदेश २–०२–००४प १८४० नं. को मोटरसाइकल र बर्दिबासतर्फ आउँदै गरेको ज ११ प. ८०९९ नं.को मोटरसाइकल एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा रामगोपालपुर नं.पा. थली विर्ताका ३० वर्षीय मुकेश चमार,३२ वर्षीय धर्मेन्द्र महतो,  ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास न.पा. प्रेमनगर बस्ने २६ वर्षीय प्रदिप कुमार यादव घाइते भएका थिए। 

तत्काल घाइतेहरुलाई दुर्घटनास्थलबाट उद्दार गरी उपचारको लागि बर्दिबास स्थित रहेको शुभ स्वस्तिक अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। उपचारको क्रममा मुकेश चमार र धर्मेन्द्र महतोको राति १० बजे मृत्यु भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए। त्यस्तै २ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। दुईवटै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.